Birgunj News
माओवादी कार्यकर्ताले आफ्नै पोस्टर जलाए
वीरगंज, २१ भदौ २०७४ – नेकपा माओवादी केन्द्रका असन्तुष्ट कार्यकर्ताहरूले आज निर्वाचनसम्बन्धी ब्यानरलगायत सामग्री जलाएर विरोध गरेका छन्।
आज बिहान घण्टाघरमा कार्यकर्ताहरूले माओवादी नेत्री उर्मिला अर्यालले पक्षपाती ढङ्गले वडा नं. २० मा टिकट वितरण गरेको आरोप लगाउँदै विरोध गरेका थिए।
पार्टीले दिएको ब्यानर, पोस्टर, गन्जीलगायत जलाएर माओवादीविरुद्ध चर्को नाराबाजी गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस