Birgunj News

माइती नेपालद्वारा १२८ जनाको उद्धार

वीरगंज, १६ पुस – माइती नेपाल वीरगंजले गत वर्ष २०१४ जनवरीदेखि डिसेम्बरसम्मको तुलनामा यस वर्ष चेलीबेटीको ओसारपसार तथा महिला हिंसाका घटनाहरूमा कमी आएको जानकारी गराएको छ ।sangita puriमाइती नेपालकी प्रमुख स·ीता पुरीले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी गत वर्ष १३८ जना महिला तथा बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेकोमा यस वर्ष २०१५ जनवरीदेखि डिसेम्बरसम्म १२८ जना बालबालिका तथा महिलाहरूको सीमा क्षेत्रबाट उद्धार गरिएको बताइन् । गत वर्ष १३८ जनालाई ठोरी र वीरगंज नाकाबाट उद्धार गरिएको उनको भनाइ थियो ।

गत वर्ष ८८ जना बालबालिका तथा महिला हराएको निवेदन परेको थियो भने यस वर्ष ३० वटा निवेदन परेको र सोमध्ये १४ जना महिला तथा बालबालिकालाई उद्धार गरी परिवारजनको जिम्मा लगाएको पुरीले बताइन् । विगतको तुलनामा यस वर्ष महिला बेचबिखनको मुद्दा दर्ता पनि तुलनात्मक हिसाबले कम रहेको उनले बताइन् । गत वर्ष ३ वटा महिला तथा बालबालिका बेचबिखन मुद्दा, ४ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएकोमा यस वर्ष महिला तथा बालबालिका बेचबिखन मुद्दा १, जबरजस्ती करणी मुद्दा २ वटा दर्ता भएको सो कार्यालयले जनाएको छ ।

हराएका ३० जनामध्ये सबैभन्दा बढी पर्साबाट १३ जना महिला तथा बालबालिका हराएको उजुरी परेको सो कार्यालयले जनाएको छ । यस वर्ष ८ वटा घरेलु हिंसाको मुद्दा दर्ता भएको छ । हराएका महिला तथा बालबालिकालाई मोतीहारी, आदापुर, दिल्ली, रक्सौल, पटना र वीरगंजबाट उद्धार गरिएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी ठोरी नाकाबाट उद्धार गरिएका ४० जनामध्ये २१ जना चितवन र १० जना पर्साका रहेका छन् । ठोरी पोस्टमा चारजना बालबालिका तथा महिला हराएको निवेदन परेकोमा खोजबिन भइरहेको उनको भनाइ छ ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button