मधेस गुमराहमा पर्यो – डा. शेखर कोइराला, नयाँ वीरगंज बनाउँछु –मेयर उम्मेदवार द्विवेदी
परवानीपुर, १६ भदौ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं. दुईबाट केन्द्रीय प्रतिनिधि डा. शेखर कोइरालाले एमाले र मोर्चाको कारण मधेस गुमराहमा परेको बताएका छन् ।
आसन्न प्रदेश नं. २ को स्थानीय चुनावको तयारीको क्रममा पर्सा आएका नेता कोइरालाले वीरगंज–२२ जगरनाथपुरमा आयोजित चुनावीसभामा एमालेको उग्रराष्ट्रवाद तथा पहाडे राष्ट्रवादको मुद्दालाई मधेसवादी दलहरूले आन्दोलन र नाकाबन्दी गरेर मलजल गर्दा मधेस गुमराहमा परेको चर्चा गरे । मधेसको वास्तविक समस्या काङ्ग्रेसले बुझेको दाबी गरे । उनले कुन दलले कस्तो उम्मेदवार उठाएको छ, त्योसँग काङ्ग्रेसलाई मतलब छैन तर काङ्ग्रेसले भिजन भएको नेता अजय द्विवेदीलाई वीरगंज महानगरको मेयर पदमा उम्मेदवार बनाएको बताए ।
कार्यक्रममा वीरगंज महानगरको मेयर पदका उम्मेदवार अजय द्विवेदीले आपूm मेयर भए वीरगंजलाई नयाँ बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले वीरगंजमा नाला र सडकको सुविधा चारैतिर पु¥याएर विशेषज्ञसँग परामर्श गरी वीरगंजलाई सुविधासम्पन्न आधुनिक शहरको परिकल्पना गरेको चर्चा गरेका थिए । उनले वीरगंजमा चुनौती छन्, तर चुनौती मेरालागि अवसर हुन् भने । उनले चुनावी सरगर्मीको सवालमा जनताले अब पैmसला गर्ने बेला आएको बताए । उनले भने– “म जनतासँग सोध्न चाहन्छु कि अब निष्ठाको राजनीति हुन्छ कि पैसाको ?”
उपमेयरकी उम्मेदवार तथा काङ्ग्रेस पर्साकी अगुवा नेत्री शान्ति कार्कीले आप्mनो जीवन काङ्ग्रेसकै हितको लागि बितेकोले विजयी भए महिलाको हकअधिकारको लागि प्रभावकारी योजना तथा कार्यक्रम ल्याउने बताइन् ।
वीरगंज–२२ मनियारीको वडाध्यक्षका उम्मेदवार द्वारिका महतो खुलवटको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नं. १ का सांसद राजेन्द्रबहादुर अमात्य, नेताहरू श्याम पोखरेल, रामनारायण कुर्मी, रामरूप कुर्मी, पर्सा सचिव श्याम पटेल, क्षेत्रीय अध्यक्ष अरविन्द गुप्ता, किशोरी साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस