Birgunj News
मधेश विरोधी भन्दै मोर्चाले प्रतिक दैनिकलाई जलायो
वीरगंज ४ भदौ – वीरगंजबाट दैनिकरुपमा प्रकाशित हुने प्रतिक दैनिकले मधेश आन्दोलनको विषय वस्तुलाई पत्रिकामा नलेखेकोले मोर्चाद्वारा विरोध जनाएका छन् ।
विरोध जनाउने क्रममा वीरगंजको घण्टाघरमा शुक्रवार विहान मोर्चाका सयांै कार्यकर्ताहरुले मधेश विरोधी प्रतिक दैनिक पत्रिकालाई भन्दै जलाइएको थियो ।
जलाउने क्रममा कार्यकर्ताहरुले मधेश विरोधी पत्रिकाहरुलाई खबरदारी समेत गरेको थियो । आइन्दा मधेश आन्दोलन प्रति नाकारात्मक दृष्टी र सत्य तत्य समाचार सम्प्रेशन नगरेमा भोलि घटने घटनाको स्वयम जिम्मेवार हुने मोर्चाका कार्यकर्ताहरुले चेतावनी दिएका छन् ।
चेतावनी दिएर अन्दोलनमा उत्रेका मेधशका युवाहरु नगरभरि नारावाजी गर्दै घरघरमा मधेश विरोधीहरुलाई विभिन्न नाराका साथ खबरदारी समेत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस