मधेशी मोर्चाले घण्टाघरमा शिर्ष चालदलका बरिष्ट नेता कोइराला,ओली,दाहाल,गच्छेदारको अन्तिम संस्कार गरे
वीरगन्ज,४ भदौं – मधेश आन्दोलनको आठौ दिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगन्जको घण्टाघर चोकबाट बाजा गाजा सहित काग्रेसका शुशिल कोइराला,एमालेका केपि ओली, एमाओवादीका पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका विजय गच्छेदारको वीरगंजको घण्टाघरबाट मृत अवस्थाको अर्थि निकाली हिन्दु धर्म परमपरा अनुसार अर्थिलाई आर्याघाट लैजानु भन्दा पहिलै मृत चार दलको शिर्ष नेताहरुको शवलाई वीरगंज नगरपरिक्रमा गर्दै घण्टाघर चौकमा पुगी सडकमा नै दुःखद पुर्ण रुपले मोर्चाले दाह संस्कार गरेका थिए ।
दाह संस्कार कार्यक्रममा मोर्चाका युवा,नेता लगायत सबै दलका महिला पुरुष कार्यकर्ताहरुको प्रवल उपस्थिती रहेको थिए । विरोध कार्यक्रममा तराई मधेश लोकतान्त्रीक पार्टीका महामन्त्री जितेन्द्र सोनल,सभासद रमेश पटेल,जिल्ला अध्यक्ष पुरुषोतम झा,उपाध्यक्ष जट्टाशंकर प्रसाद गुप्ता,सचिव चन्दन मिश्रा,पार्टी नेता रहमतुल्लाह खान,जिल्ला प्रवक्ता नेहाल खान,पार्टीका बरिष्ठ नेता देवानन्द यादव,महिला नेतृ रेखा साह,रेखा कर्ण,उषा श्रीवास्तव, संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादव,पुर्व मन्त्री करिमा बेगम ,विरेन्द्र यादव, मो.सलाउद्दिन, आमोद यादव, नागेन्द्र साह, मिनी सिंह, नागेश्वर यादव,सदभावना पार्टीका केन्द्रिय सदस्य देवेन्द्र मिश्रा, निजामुदिन समानी ,नागेन्द्र साह, जिल्ला अध्यक्ष इमदाद गद्दी ,तराइ मधेश सदभावना पार्टी पर्साका सचिव श्रीराम गिरी लगायतका नेताहरुको आठौ दिनको आन्दोलनमा उपस्थिती रहेको थियो ।
मोर्चाले आह्वान गरेको मधेश बन्दको कारण विगत आठ दिन देखी पर्साको बजार , उद्योग व्यपार, पसल, यात्रायात, शैक्षिक संस्था,वित्य संस्था बन्द भए पछि जिल्लाबासिको जन जिवन कष्टकर बन्दै गएको छ ।
बजार तथा पसल बन्द भएको कारण दैनिक उपभोग्य बस्तु समेतको अभाव सर्वसाधारणले खेप्नु परेको छ । खाना पकाउने ग्या“स देखी खाद्ययानको अभावमा जनता रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस