Birgunj News

भूकम्पले पर्सामा जग्गा किनबेच बढ्यो

वीरगंज, ७ जेठ – भूकम्पपछि मालपोत कार्यालय, पर्सामा जग्गा खरिद गर्नेहरूको सङ्ख्या बढेको छ । खासगरी जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाहरूले जग्गाको खरिद–बिक्री गरिरहेका मालपोत कार्यालय, पर्साका नासु मदन गुप्ता बताउँछन् ।
यस वर्ष नगदे बाली राम्रो भएकाले पनि पर्साको ग्रामीण भेगका बासिन्दाहरूले जग्गा खरिद गर्ने क्रम बढेको उनले बताए ।
उनका अनुसार अहिले दैनिक जमिन खरिद–बिक्रीबाट ४–५ लाख राजस्व सड्ढलन भइरहेको छ । गत वर्ष भने यसै महिनामा जग्गाको रजिस्ट्ेरसन पास गर्नेहरूको सङ्ख्या न्यून थियो ।
प्रमुख मालपोत अधिकृत प्रकाश पोखरेल दैनिक अढाई सय हाराहारीमा रजिस्ट्ेरसन पास भइरहेको बताउँछन् । विगतमा मालपोत प्रमुखको अनुपस्थितिको कारण पछिल्लो समयमा घटेको रजिस्ट्ेरसन पास गर्नेको सङ्ख्या अहिले आएर बढेको प्रमुख पोखरेलको दाबी छ ।
उनले पनि शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका जग्गाको रजिस्ट्ेरसन पास गर्ने सङ्ख्या बढेको बताए ।
मालपोत परिसरमा काम गर्ने एकजना लेखनदासका अनुसार अहिलेको समयमा रजिस्ट्ेरसन बढ्नुमा भूकम्प मुख्य कारण हो ।
गाउँलेहरूले घरमा राखेको पैसा अहिले जग्गा खरिद–बिक्रीमा प्रयोग गर्न थालेका उनको भनाइ छ । घरभित्र राखिएको पैसा भूकम्पले घर भासिए नष्ट हुन सक्ने तर जग्गा खरिद गरे सन्ततिले पनि भोग गर्न सक्ने खरिदकर्ताहरूको बुझाइ रहेको ती लेखनदासले बताए ।
मालपोत प्रमुख पोखरेलले यस वर्षको राजस्व लक्ष्य चैत महिनामैं पूरा भइसकेको बताए । उनले ६ करोड रुपैयाँको हाराहारीमा राजस्व लक्ष्य रहेकोमा सोभन्दा बढी चैत महिनामैं सड्ढलन भइसकेको बताए ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button