Birgunj News

भागबन्डा नमिल्दा भवन निर्माण रोकियो

प्रस, पोखरिया, १९ पुस/

जिल्ला शिक्ष्Fा कार्यालय, पर्साको लगानीमा जिल्ला उच्चाङ्गल रामदेव कलवार माविमा निर्माणाधीन भवनको कार्य रोकिएको छ ।

आव २०७२/७३ मा जिल्ला शिक्ष्Fा कार्यालय, पर्साले आठ कोठे भवन निर्माणको लागि रु ६० लाख दिएको छ । तर विद्यालयको निर्माण तीन महिनादेखि अलपत्र छ । कमिसनको भरमा काम रोकिएको शिक्ष्Fक पर्वत ठाकुरले बताए । उनले भवन निर्माणमा गुणस्तरहीन डन्डी, गिट्टी, बालुवा प्रयोग भएको बताए । भवन जगसम्म मात्र निर्माण भएको छ । सो जग निर्माणका लागि वसन्तपुरका सिपाही नामक मिस्त्रीले ४ लाखमा ठेक्का लिन खोज्दा व्यवस्थापन समिति र प्रअले मिलेमतो गरी रु ५ लाख ५६ हजारमा अन्य मिस्त्रीलाई ठेक्का दिएको आरोप छ ।

यस विषयमा विद्यालयका प्रअ व्यास महतोसँग बुझ्दा सिपाही मिस्त्रीले तोकिएको समयमा काम गर्न नसकेको कारण अन्य मिस्त्रीलाई ठेका दिएको बताए । जगसम्म निर्माण भएको काम गुणस्तरीय नभएको भन्ने विषयमा प्रअ महतोले त्यस्ता बालुवा र गिट्टी हटाएर गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्ने बताए ।

जिल्ला शिक्ष्Fा कार्यालयका ओभरसियर राजेश ठाकुरले सो विद्यालयको नाममा पहिलो किस्ताबापत २४ लाख पठाएको र धरौटीबापत रु ५ लाख राखी बाँकी रकम विद्यालयको नाममा यथावत रहेको बताए । दिएको रकम अनुसार काम नभएको ठाकुरको पनि गुनासो छ । स्थानीयले गरेको गुनासो ठीक रहेको र गुणस्तरीय सामग्री प्रयोग गरेमा मात्र निर्माण कार्य अघि बढाउने उनले बताए ।

 

-Prateek daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button