Birgunj News

बाल कल्याणका बालकहरू अभिभावकविहीन

२ कात्तिक/वीरगंज – जिल्ला बाल कल्याण गृह, वीरगंजमा रहेका बालबालिकाहरू अहिले अभिभावकविहीन भएका छन् ।
विगत लामो समयदेखि सो कार्यालयको प्रमुख इन्दिरा श्रेष्ठ कार्यालयमा नआएको कारण उनीहरू अभिभावकविहीन भएका हुन् । कार्यालय अहिले भान्सेको भरमा चलिरहेको छ ।

जिल्ला बाल कल्याण गृहमा २७ जना अनाथ बालबालिकाहरूको दरबन्दी छ तर कार्यालय प्रमुख लामो समयदेखि कार्यालय नआउँदा विगत एक वर्षदेखि सो अनाथालयमा १३ जना बालकहरू मात्र छन् ।

ठेकेदारले २७ जना बालबालिकाहरूको लागि वार्षिक खाद्यान्नको जिम्मा लिएको छ तर १३ जना बालबालिकाहरूलाई पनि तोकिए अनुसार भोजनको व्यवस्था नगरेको बालकहरूले गुनासो गरेका छन् । उनीहरूले १ र १५ गते खसीको मासु र महिनाको दुईपटक अन्डाकरी खुवाउनुपर्नेमा ठेकेदारले ब्वायलर कुखुरा त्यो पनि छाँट किसिमको मासु र नियमित अन्डा नदिने गरेको बताए । उनीहरूले खाद्यान्नको लागि ठेकेदारलाई बारम्बार कचकच गर्नुपर्ने गुनासो गरे ।
कार्यालयका भान्सेले पुरानो ठेकेदारबाट खाद्यान्नमा गुनासो थिएन अहिले भने गुनासो आउन थालेको बताए ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button