बन्द अवधिको मासिक शुल्क लिने निजी विद्यालयहरूको निर्णय
१९ मङ्सिर/वीरगंज – आन्दोलनरत मधेसी मोर्चाले वीरगंजका बन्द निजी तथा सामुदायिक विद्यालयहरू यही मङ्सिर ६ गतेदेखि सञ्चालनको लागि सहमति जनाए पनि बन्द अवधिको शुल्क नलिनका लागि गरेको आग्रहलाई निजी विद्यालयहरूको स·ठन प्याब्सन र एनप्याब्सनले अस्वीकार गरिदिएको छ ।
दुवै स·ठनको संयुक्त बैठकले अतिरिक्त शुल्क मात्र नलिने तर मासिक शुल्क भने लिने निर्णय गरेको छ । विद्यालय सञ्चालनसँगै शुल्क लिने विषयमा तम्तयार प्याब्सन र एनप्याब्सनसँग आबद्ध विद्यालयहरूले मोर्चाको चेतावनीका कारण शुल्क लिने कुरालाई सार्वजनिक गर्न सकेका थिएनन् ।
भित्रभित्रै शुल्कका लागि गृहकार्य गरिरहेका दुवै स·ठनले बितेको बिहीवार संयुक्त बैठक गरी निर्णय गरे पनि सो निर्णयलाई समेत सार्वजनिक गरेको छैन ।
अभिभावक सङ्घ पर्साका अध्यक्ष अमर गौतमले शुल्कका बारेमा आफूलाई कुनै जानकारी नदिएको तर अभिभावक र विद्यालय सञ्चालक दुवैको अवस्थालाई दृष्टिगत गरी निकास निकाल्नेतर्फ विचार भइरहेको बताए ।
गौतमले सो कुरा बताए पनि प्याब्सन र एनप्याब्सनले संयुक्त बैठक गरी बन्द अवधिको अतिरिक्त शुल्क मात्र नलिने, मासिक शुल्क भने लिने निर्णय गरेको छ । घरभाडा, विद्युत्, खानेपानी, शिक्षक, कर्मचारीलगायतका खर्च बन्द अवधिमा पनि तिर्न बाध्य भएकोले विद्यार्थीहरूलाई बन्द अवधिको पूरा शुल्क छुट दिन नसकिने निजी विद्यालय सञ्चालकहरूको तर्क छ ।
सञ्चालकहरू नै सडकमा आउने परिस्थिति सृजना हुने भएकोले दुवै स·ठनले मासिक शुल्क लिने निर्णय गरेको समाचार स्रोतले जनाएको छ ।
यसैबीच आन्दोलनरत मोर्चाले विद्यार्थीको सुरक्षा समस्या, अभिभावकहरूको आग्रह र नागरिक अगुवा तथा बुद्धिजीवीहरूको सुझावलाई समेत मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालय पोशाक लगाउन छुट दिएको छ ।
विद्यालय सञ्चालन भए लगत्तै विद्यार्थीहरूले मधेस आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरी मानव सा·लो निकालेको र मधेसका विभिन्न जिल्लामा विद्यार्थीहरूले मानव सा·लो प्रदर्शन गर्ने लहर नै चलिरहेको छ ।
आन्दोलनरत मोर्चाले बिहान ६ देखि ११ बजेसम्म विद्यालय सञ्चालनको लागि सहमति दिएकोमा पनि अहिलेको प्रतिकूल मौसममा सोमाथि विचार गर्नुपर्ने माग पनि उठिरहेको छ ।
चिसो बढ्दै गएको कारण ससाना बालबालिकाहरूको दयनीय अवस्थामा पुनर्विचार गरिदिन अभिभावकहरूले मोर्चालाई आग्रह गरिरहेका छन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस