Birgunj News

प्रेस काउन्सिलद्वारा २०७१/७२ को पत्रपत्रिका वर्गीकरण सार्वजनिक, प्रतीक दैनिक पुनः राष्ट्रिय ‘क’ वर्गमा

प्रेस काउन्सिल नेपालले आव २०७१/७२ वर्षको पत्रपत्रिकाको वर्गीकरण आइतवार साँझ सार्वजनिक गरेको छ । पर्सा जिल्लाबाट प्रकाशित पत्रिकाहरूमध्ये एक मात्र प्रतीक दैनिक पुनः राष्ट्रिय ‘क’ वर्गमा पुग्न सफल भएको छ ।

त्यसैगरी, पर्सा जिल्लाबाट प्रकाशित स्थानीय ‘ख’ वर्गमा परेका दैनिकहरू जनप्रतिविम्ब, जनसृष्टि, ब्रह्मास्त्र, पर्दाफाश, राष्ट्रिय सहारा, भोजपुरी टाइम्स, प्रतिफल, लोकटाइम्स छन् भने साप्ताहिकहरूमा भोजपुरी आवाज, दि यङ्ग गाइज, भेल, सर्वेक्षण, नव अनमोल टाइम्स, अविचल परेका छन् ।

स्थानीय ‘ग’ वर्गमा सर्वराष्ट्रिय दैनिक र साप्ताहिकमा शारदा, उत्थान पुगेका छन् ।
स्थानीय ‘घ’ वर्गमा अङ्कुश, नारायणी टुडे, प्रज्वलित, बाइपास दैनिक पुगेका छन् भने साप्ताहिकहरूमा क्राइमचेक, गहवा, सर्वव्यापक, जनविमर्श, सचेतना, न्यु हाइवे, बिहानी सन्देश, मोर्चा, तराई जागरण, सर्वशक्तिमान, क्राइम कन्ट्रोल, पूmलपाती, जनसमीक्ष्Fा, सामना, वीरगंज कलेक्सन पुगेका छन् ।

स्थानीय ‘घ’ वर्गमा सन्डेटाइम्स अर्ध साप्ताहिक र साप्ताहिकहरू देश दर्शन, न्यु सिजन पुगेका छन् ।

 

-Prateek daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button