Birgunj News

प्रदेश नं २ मा ३६ हजार ७३ जनाको उम्मेदवारी

२२ भाद्र २०७४ – प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा ३६ हजार ७३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी असोज २ गते प्रदेश नम्बर दुई अन्तरगतका एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार, स्थानीय तहको,

प्रमुख एवं अध्यक्षमा एक हजार ७ सय ८३,

उपप्रमुख एवं उपाध्यक्षमा एक हजार १ सय ३०,

वडाध्यक्षमा ८ हजार १८ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै,

खुला सदस्यमा १३ हजार ७७,

महिला सदस्यमा ६ हजार ३ सय ६० र

दलित सदस्यमा ५ हजार ७ सय ५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २ सय ३० उम्मेदवारी परेको छ भने रौतहटमा सवैभन्दा कम १ सय ४६ जनाको उम्मेदवारी परेको आयोगको तथ्याङ्क छ । आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको आयोगको भनाई छ । असोज २ गते हुने तेस्रो चरणको निर्वाचनबाट प्रदेश नम्बर २ का ८ जिल्लामा ६ हजार ६ सय २७ जन प्रतिनिधी निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Source
eKantipur
Show More

Related Articles

Back to top button