Birgunj News

पार्टी कार्यालयमा आक्रमण अपराधिक हर्कतः एमाले

२८ कत्तिक, काठमाडौं । नेकपा एमालेले वीरगञ्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

शनिबार विहान मधेसी मोर्चाका कार्यकर्ताले एमाले कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । एमालेले घटनालाई लोकतन्त्र बिरोधी र गैर राजनीतिक हर्कत भन्दै निन्दा र भत्र्सना गरेको छ ।

‘आन्दोलनको आवरणमा पार्टी कार्यालयमाथि आक्रमण गर्नु अपराधिक हर्कत बाहेक अरु केही हुनैं सक्दैन’ एमालेको केन्द्रीय प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेले शान्तिपूर्ण तरिकाले आफ्ना मागहरु राख्ने बाटो हुँदा-हुँदै गैरराजनीतिक र अपराधिक गतिबिधि नगर्न मधेसी मोर्चालाई आग्रह समेत गरेको छ ।
-Onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button