Birgunj News

पहुँच र पैसावालको काम बन्दले पनि रोकिएन

वीरगंज, १३ पुस – जारी मधेस आन्दोलनको कारण आन्दोलनप्रति ऐक्यबद्धता जनाएर विभिन्न निजामती कर्मचारी स·ठनहरूले पर्सा जिल्लाको सरकारी कार्यालयहरू बन्द गरे पनि पछिल्लो दिनमा लामो समयसम्म आन्दोलन जारी रहेपछि केही कार्यालय सञ्चालनमा आएको छ ।

पर्सा जिल्लामा करिब ६० वटा सरकारी कार्यालय छन् । जारी मधेस आन्दोलनको क्रममा आन्दोलनप्रति ऐक्यबद्धता जनाएर तथा मोर्चाका कार्यकर्ताहरूको डर, धाकधम्कीको कारण केही कार्यालयबाहेक सम्पूर्ण सरकारी कार्यालयहरूको कामकाज ठप्प थियो ।

साउन २९ गतेदेखि शुरु भएको अनिश्चितकालीन आमहडताल हालका दिनमा गएर मधेस आन्दोलनमा परिणत भएपछि लामो समयसम्म बन्द खुल्न सकेको छैन ।

माग सम्बोधन नहुन्जेल बन्द खुल्ने सम्भावना नभएपछि करिब साढे चार महिना लामो बन्दबाट आजित भएका सरकारी कार्यालयहरू विगत केही समयदेखि सञ्चालनमा आएको छ ।

अत्यावश्यक काम र आम नागरिकसँग प्रत्यक्ष सरोकार हुने कार्यहरू सञ्चालन भएपछि त्यसतर्फ जिल्ला प्रशासन कार्यालय, पर्साले अनुगमन शुरु गरेको छ । प्रत्यक्षत: बन्द देखाएर भित्रभित्रै काम भइरहेको केही कार्यालयहरूको गतिविधि शड्ढास्पद भएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरू सञ्चालनमा रहेका तर पहुँचवालाको मात्र काम भइरहेको गुनासो आएपछि अनुगमन गरेको बताए । उनले एकाध कार्यालयको हाजिरी रजिस्टर ल्याएर अनुपस्थित कर्मचारीको हाजिरी गयल गर्ने गरेको पनि बताए । उनले यो कार्यलाई अन्य कार्यालयको हकमा पनि निरन्तरता दिने जानकारी गरएका छन् ।

वीरगंजका आम जनतासँग सरोकार हुने कार्यालयमा बितेको दुई महिनाभन्दा पहिलेदेखि गोप्यरूपमा पहुँचवाला र पैसावालाहरूको काम मात्र हुने गरेको हल्ला व्यापक थियो ।

केही कार्यालयहरूले ताला लगाएर अन्यत्रबाट सेवा सुविधा प्रदान गर्दै आइरहेको गुनासो पनि हालका दिनमा आइरहेको छ । व्यापकरूपमा गुनासोहरू आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे निगरानी बढाएको हो ।

अहिले जिल्ला प्रशासनले निगरानी शुरु गरेपछि मूल कार्यालयमा तालाबन्दी गरेर अन्यत्र कामकाज गर्ने कर्मचारीहरूसमेत कार्यालय बाहिर आएर बसिरहेका छन् । काम गरे मोर्चाका कार्यकर्ताले धम्की दिने, नगरे प्रशासनले कज्याउने भनेर जोगिने भाषा बोलिरहेका छन् ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button