Birgunj News

पर्सा सदरमुकाम र गाउँहरूमा डुबानको खतरा विपत् व्यवस्थापन समिति चनाखो

वीरगंज, १२ जेठ – जिल्ला विपत् व्यवस्थापन समिति पर्साको सरोकारवालाको समन्वय बैठक आज वीउमनपाको सभाहलमा सम्पन्न भएको छ । यस जिल्लामा आउन सक्ने विपत् व्यवस्थापन तथा पूर्व तयारीको विषयमा छलफल भएको थियो । छलफलको क्रममा सहभागीहरूले नगरक्षेत्रमा बढ्दो अव्यवस्थित बस्ती, बिना नापनक्साको जग्गामा घर निर्माण, मिलोमतोमा नियमविपरीत प्लटि· गरिने जग्गा बिक्रीमा रोक लगाउन आग्रह गरेका थिए ।
जिल्लामा बाढी र आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आग्रह गरिएको थियो । मनसुन आउन दुई हप्ता बाँकी रहेकोले प्रत्येक वर्ष वीरगंजका केही ठाउँ तथा २० वटा गाविस डुबानमा पर्ने गरेकाले सचेत रह्न सरोकारवालाले आग्रह गरेका थिए । पर्सा जिल्लाको नवगावाँ (मिर्जापुर, जयम·लापुर, सम्भौता) मा विपत् आयो भने बाढीको समयमा त्यहाँ पुग्न बाटोसमेत हुँदैन ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी उपरीक्षक तथा नेपाल प्रहरी उपरीक्षक भीमबहादुर थापा, दिवेश लोहनीले विपत् आएको खण्डमा पर्सा जिल्लामा सुरक्षा निकायले चाहिने आवश्यक सामग्रीको आवश्यकता पहिचान गरी खरीद गरी विपत् व्यवस्थापन समितिमार्फत् प्रहरी युनिटहरूमा राख्न सुझाएका थिए । बाढीबाट बच्नको लागि रबरको ढु·ासहित खाली बोरा, तारजाली, ठाउँठाउँमा भण्डारण गर्न सुझाएका थिए । कार्यक्रमको विषयमा स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सहभागीहरूले उठाएको जिज्ञासाको जवाफ दिंदै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले विपत् आइपरेको बेला लापरवाही गर्ने कर्मचारीलाई जुनसुकै हालतमा कारबाई गर्ने जानकारी गराए ।
विपत् आइपरेपछि तत्काल उद्धार, राहत, बसोवास, स्वास्थ्य, सरसफाइ, शिक्षा तथा सुुरक्षा व्यवस्था मिलाउन तोकिएका जिम्मेवार व्यक्तिहरूलाई छिटोभन्दा छिटो घटनास्थलमा पुग्न आग्रह गर्दै नपुगेको खण्डमा कारबाई गर्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button