पर्सा मधेशका बिर शहिद परिवारमा जनही ११ हजार सहयोग
०२ असोज/बिरगंज – बिरगंज स्थीत रहेका बि. सि. सि.क्याम्पस र कादम्बरी मा. बि. को संयुक्त सहयोग मा पर्सा मधेश का बिर शहिद परिवार मा जनही ११ हजार प्रत्येक परिवार मा रकम हस्तान्त्रण गरेको छ ।
बि. सि. सि.क्याम्पस र कादम्बरी मा. बि. का निर्देशक शुशील भट्टराई ले मानव अधिकार तथा शान्ति समाज का अध्यक्ष्ँ प्रमानन्द चौधरी, र बिरगंज सन्देश दैनिक का प्रकाशक नेहाल खान को संयुक्त पहल मा ६ जना शहिद परिवार लाई ६६ हजार राषी हस्तान्त्रण गरिएको छ । हस्तान्त्रण गर्न गएका टोली ले सर्वप्रथम गा. वि. स. प्रसौनी नेवतन ८ बस्ने शिव पुजन साह को शहिद छोरा दिनानाथ साह गोठ को अर्धाङ्गनी सोनी देवी लाई हस्तान्त्रण गरिएको छ ।
बिरगंज उप महानगर पालिका वार्ड नम्बर १९ का शहिद सोहन कल्वार का अर्धाङ्गनी बिनिता देवी ११ हजार रकम हस्तान्त्रण, शहिद भोला साह का पिता बृजबिहारी साह लाई राषी हस्तान्त्रण,गा. वि स. ईनर्वा मनियारी ५ का शहिद धर्मराज सिंह राजपुत का पिता प्रभु सिंह राजपुत लाई राषी हस्तान्त्रण, गा. वि. स. मनियारी ६ जगन्नाथ पुर हाल बि उप म न पा २५ का शहिद दिलिप कुमार चौरसीया का पिता रामेश्वर चौरसीया लाई राषी हस्तान्त्रण र पोखरीया वार्ड नम्बर १ निवासी ४ वर्षीय बालक शहिद चन्दन पटेल को पिता अबधेश पटेल लाई राषी हस्तान्त्रण गरिएको थियो ।
क्याम्पस बाट सहयोग का लागी प्रथम कदम उठाएका ब्याक्तित्व शुशील भट्टराइ, नेतृत्वा कर्ता मानव अधिकार तथा शान्ति समाज का अध्यक्ष्ँ प्रमानन्द चौधरी, अधिवक्ता सुरेन्द« पटेल र बिरगंज सन्देश दैनिक का प्रकाशक नेहाल खान कादम्बरी मा. वी. का तर्फ बाट सुरज प्रताप सिंह कुवंर, राकेश मिश्रा, सुमन कार्की, को सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस