Birgunj News

पर्सा प्रहरीद्वारा हाम्रो साथी प्रहरी अभियान थालनी

वीरगंज, २९ माघ – जिल्ला प्रहरी कार्यालय, पर्साको आयोजनामा शुक्रवारदेखि विद्यालयमा अध्ययनरत बालबालिका र प्रहरीबीचको दूरी कम गर्ने उद्देश्यले अभियानको थालनी गरेको छ । नेपाली र भोजपुरी भाषामा ‘हाम्रो साथी प्रहरी’ तथा ‘हमनी के साथी प्रहरी’ लेखिएको प्लेकार्डसहित विद्यार्थीहरूले प्रहरीहरूसँग हातेमालो गर्दै नगरपरिक्रमा गरेका थिए । जिल्ला प्रहरी कार्यालय, पर्साले अभियान सुरुआतको लागि विद्यालयमैं गएर विद्यार्थीहरूसँग भेटवार्ता गरेको थियो ।

प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठ प्रहरी अधिकृतहरूसँगै शुक्रवार आदर्शनगरस्थित आदर्श माविमा पुगी त्यहाँ अध्ययनरत विद्यार्थीहरूसँग भलाकुसारी गरेका थिए । प्रहरी समाजकै अ· भएकोले बिनाकारण नडराउन सन्देश प्रवाह गर्ने उद्देश्यले पर्सा प्रहरीले विद्यार्थीहरूको सहयोग खोजेको हो । प्रहरी देख्नेबित्तिकै डराउने बालबालिकाहरूलाई प्रहरी विद्यार्थीहरूकै साथी भएको सन्देश दिन खोजिएको थियो ।

सानै उमेरदेखि बालबालिकालाई अभिभावकले प्रहरीको डर देखाउने कारण प्रहरीप्रति साना नानीहरूको दृष्टिकोण सकारात्मक नदेखिएको महसुस गरेर पनि प्रहरीले यो अभियानलाई अगाडि बढाएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

मधेस आन्दोलनमा सबैभन्दा बढी बालबालिका प्रयोग भएको र प्रहरीविरुद्ध उनीहरूले नै ढु·ामुढा गरेको प्रत्यक्षरूपमा देखिएको कारण पनि पर्सा प्रहरीले विद्यार्थीहरूसँग सहकार्य गरेर उनीहरूमा रहेको प्रहरीविरोधी मनोवृत्तिलाई हटाउन अभियानले सहयोग गर्ने प्रउ श्रेष्ठले बताए ।

पर्साका प्रहरी अधिकृतहरूले शुक्रवार आदर्श माविका विद्यार्थीहरूको हात समाएर उनीहरूमा प्रहरीप्रतिको
डर हटाउन भलाकुसारीसमेत गरेका थिए ।

सो अवसरमा आदर्श माविका विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको अवलोकन गराएर ट्राफिक प्रहरीले दिने सेवाको बारेमा अवगत गराइएको थियो ।

प्रहरीसँगको भलाकुसारीमा आदर्श माविका विद्यार्थीहरूले प्रहरीसँग खुलेर रमाइलो पारामा गफ गरेका थिए । प्रहरीसँग उनीहरूका गतिविधिबारेमा शुरूमा डराइडराइ सोधपुछ गरेका विद्यार्थीहरू भने पछि निर्धक्कले प्रहरीको कामकार्यवाहीका बारेमा सोधखोज गर्नुका साथै आफ्नो घरपरिवारका बारेमा जानकारी गराएका थिए ।

पहिलो दिनको प्रयासमा प्रहरी अधिकृत र विद्यार्थीहरू एकापसमा घुलमिल भएको कारण अभियान सफल भएको आफूले अनुभूति गरेको प्रउ श्रेष्ठले बताए । उनले यो अभियानलाई पहिलो चरणमा नगर क्षेत्रमा रहेका निजी तथा सरकारी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमाझ चलाउने बताए । ग्रामीण क्षेत्रमा भने त्यहाँ रहेका इलाका प्रहरी कार्यालय, चौकीले मातहतका विद्यालयहरूमा गई अध्ययनरत विद्यार्थीहरूसँग हातेमालो गर्ने प्रउ श्रेष्ठले बताए ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button