पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग
वीरगंज, १३ साउन – नेपाली काङ्ग्रेसको भातृ स·ठन नेपाल किसान सङ्घको बैठकले पर्सा जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने माग गरेको छ । पर्सा जिल्लामा अहिलेसम्म रोपाइँ नभएको, खोलानालाको पानी सुकेको, विकल्पमा राज्यले सिंचाइको व्यवस्था नगरेकोले पर्सा जिल्लाका कृषक समस्यामा परेका किसान सङ्घका अध्यक्ष असर्फी साह तेलीले बताए ।
आज सम्पन्न बैठकले प्रजिअमार्फत् नेपाल सरकारलाई शुक्रवार ज्ञापन बुझाउने तथा सरकारले तत्काल पर्सा जिल्लाका लागि सिंचाइको वैकल्पिक व्यवस्था गर्न माग गरेको सङ्घका प्रतिनिधि सहरूम राउत गद्दीले बताए । अहिलेसम्म पानी नपर्दा किसान समस्यामा परेकाले विभिन्न पार्टीसँग आबद्ध किसानहरूलाई ऐक्यबद्ध बनाई पर्सा जिल्लालाई सुख्खा क्षेत्र घोषणा गराउन दबाबमूलक कार्यक्रम गर्ने बैठकमा अध्यक्ष साहले बताए ।
पर्सा जिल्लामा यस वर्ष ४६ हजार ७ सय हेक्टर खेतमा धान रोपाइँ गर्ने लक्ष्य रहे तापनि हालसम्म १५ हजार हेक्टर खेतमा रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसपालि मात्र ४० प्रतिशत धान रोपाइँ भएको सो कार्यालयको तथ्याड्ढमा देखिएको छ । रोपेको खेतमा पनि धाँजा फाटेको छ । जिल्ला कृषि विकास कार्यालयले हालै गरेको अनुगमनपश्चात् ३० गाविसमा अहिलेसम्म १० देखि १५ प्रतिशत खेत रोपाइँ भएकोले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने प्रक्रिया अगाडि बढाएको प्रमुख कमल गैरेले जानकारी गराए ।
गैरेका अनुसार कुलो, नदीनाला सुकेकोले किसानहरूले वैकल्पिक व्यवस्था गर्न नसकेका हुन् । धान रोपाइँको समय एक महिना ढिलो भएकोले रोपाइँ भए पनि उब्जनी थोरै मात्र हुने उनले बताए । रोपाइँ हुन नसकेको धानको ब्याडमा ब्लास्ट रोगसमेत लागेको उनले बताए । रोग हटाउन सकिन्छ तर त्यो धेरै महँगो हुने र पानीको आपूर्ति गर्न नसक्दा महँगो उपचार पनि काम नलाग्ने उनले बताए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस