Birgunj News

पर्सामा राजपाको क्रेज बढ्दो, टिकटका लागि होटल घेराउ

परवानीपुर, १४ भदौ – पछिल्लो समयमा असोज २ गते प्रदेश नं. २ का ८ जिल्लामा स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी नेपालले सहभागी हुने सहमति जनाएपछि प्रदेश नं. २ को चुनावमा रौनक छाएको छ । चुनावमा भाग लिने निर्णयसँगै सबैभन्दा बढी विवाद राजपाभित्रै देखिएको छ । यसलाई राजपाको जनता माझ रहेको लोकप्रियतालाई दर्शाएको राजपाका नेताहरू बताउँछन् । राजपाका नेता शशिकपूर मियाँका अनुसार टिकटको लागि शक्ति प्रदर्शन असल संस्कार भएका कार्यकर्ताहरूको पार्टीलाई जनाउँछ । गत शनिवार राजपा पर्सामा टिकटको बारेमा परामर्श तथा निर्णयमा सघाउन आएका पर्यवेक्षक विजय गुप्तालाई पनि असहज परिस्थिति सामना गर्नुप¥यो । पार्टीले डाँकेको बैठकको दौरान वीरगंजबाट मेयरका आकाङ्क्षी विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंह पक्षका समर्थकहरूले शक्ति प्रदर्शन गरी नगरपरिक्रमासमेत गरेका थिए । उक्त दिन दुवै खेमाबीच झडप हुने अवस्था पनि उत्पन्न भएर टिकटको निर्णय गर्न बसेको बैठक स्थगित गर्नुपरेको थियो ।

त्यस्तै अवस्था आज बुधवार राति पनि वीरगंजमा सृजना भएको छ । साँझ ६ बजेदेखि होटल सम्झनामा बैठक चलिरहँदा राति ११ बजेसम्म राजपाका कार्यकर्ताहरू केही उम्मेदवारको समर्थनमा जय मधेस तथा उम्मेदवारकै नामबाट नाराबाजी गर्दै माहोल तताइरहेका थिए । होटलअगाडिको होहल्लालाई आम सर्वसाधारणले पनि विशेष चाखका साथ नियालिरहेका छन् ।

नवप्रवेशीको विरोध
राजपाका कार्यकर्ताहरूले लामो समयदेखि पार्टीमा लागेका नेताहरूलाई छाडेर नवप्रवेशी नेतालाई विन्ध्यवासिनी र पकाहा मैनपुर गाउँपालिकामा टिकट दिन थालेको चर्चा चलेपछि दुवै गाउँपालिकाका स्थानीय ट्याक्टरबाट वीरगंज आएको विन्ध्यवासिनी गाउँपालिका वडा नं. ४ झौवागुठीको राजपाका कार्यकर्ता श्यामबाबूप्रसाद कानुले बताए ।

विन्ध्यवासिनीका जनता श्रीलाल साह कानुको पक्षमा रहेकाले उनले नै टिकट पाउनुपर्ने बारेमा उनीहरूले आवाज उठाइरहेका छन् । तर पार्टीले भर्खरै काङ्ग्रेस पार्टी छाडेर राजपामा प्रवेश गरेका लक्ष्मण चौरसियालाई टिकट दिने सुरसार गरेको महसुस भएपछि श्रीलालको पक्षमा जनता ओर्लिएका हुन् । लक्ष्मण चौरसियाले साधारण सदस्यतासमेत नलिएको श्रीलाल पक्षधर नेताहरूको आरोप छ । उक्त अवस्थामा यदि पार्टीले लक्ष्मणलाई टिकट दिन्छ भने बडो दुःखको कुरा हुने बताइएको छ । उता, लक्षमण चौरसिया पक्षधर कार्यकर्ताहरूले पनि प्रदर्शन गरेका थिए ।

त्यसैगरी, पकाहामैनपुर गाउँपालिकाको अध्यक्षको टिकटको लागि धामु शर्माको चर्चा बढी देखिएको छ । उनी आन्दोलनको समयमा पार्टीका लागि खटेको युवा नेताको रूपमा जिल्लामा चिनिन्छन् । तर पार्टीका केही नेताहरूले पहिले गाविस सचिवको रूपमा काम गरेका लहावरथकरीका रामबाबू चौरसियालाई अध्यक्ष पदको टिकट दिन लागेको भन्ने हल्ला पैmलिएपछि उनको विरोध भएको हो । कार्यकर्ताहरूले तीन महिना अगाडि पार्टीमा प्रवेश गरेका चौरसियालाई टिकट दिइयो भने स्वीकार नहुने मनोभावना व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Source
Prateek Daily
Show More

Leave a Reply

Related Articles

Back to top button