Birgunj News

पर्सामा मुख्य सडकहरू निर्माणमा तदारुकता

वीरगंज, १० फागुन – सडक डिभिजन कार्यालय, हेटौंडा तथा जिल्ला विकास समितिले पर्सा जिल्लामा निर्माण गर्न लागेको सडकको काम तीव्ररूपमा शुरु भएको छ ।सडक डिभिजन कार्यालयले तिलावे पुलदेखि पोखरियासम्म कालोपत्र गर्न शुरु गरेको हो । शुक्रवारदेखि ठेकेदारले स्काभेटर लगाई बनाएको पीचहरू भत्काउने र नयाँ पीच गर्ने पूर्वाधार तयारी गर्न शुरु गरेको छ । आशीष विएस जेभीले तिलावे पुलदेखि पोखरियासम्म ८ किलोमिटर कालोपत्रको लागि रु १२ करोडमा टेन्डर सकार गरेको सडक डिभिजन कार्यालयका इन्जिनिर मदन साहले जानकारी गराए । बन्द हडतालको कारण समयमा काम हुन नसकेकोले अब लगभग डेढ वर्षमा सो कार्य सम्पन्न गर्ने उद्देश्य अनुरूप ठेकेदार कम्पनीले निर्माण कार्य शुरु गरेको इन्जिनियर साहको भनाइ छ । एक वर्षमा कार्य सम्पन्न गर्ने ठेक्का सकार गरेको ठेकेदार कम्पनीले बन्दको कारण ढिलाइ भएको र अब चाँडै निर्माण सम्पन्न गर्ने दाबी गरे ।

त्यसैगरी बिन्ध्यवासिनी, बैरिया–४ किलोमिटर कालोपत्रको ठेक्का पप्पु शमा जेभी, सबैठवा–मनियारी–इनर्वा तथा अमरपट्टि–बहुअर्वाभाठा–मनवा सडकको ग्रेभल गर्न पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको इन्जिनियर साहले बताए । विगत चौध वर्षदेखि ठेक्का भए पनि ठेकेदारले काम छाडेर हिंडेपछि ओरिया र मिर्जापुर खोलाको पुल निर्माण कार्य तीव्ररूपमा भइरहेको साहको भनाइ छ ।

त्यसैगरी जिविस तथा विश्व बैंकले सहयोग गरेका विभिन्न संस्थामार्फत् पर्सा जिल्लाका अधिकांश सडकहरू कालोपत्र तथा ग्रेभल कार्य शुरु भएको जिविसका इन्जिनियर दीपक मिश्राले जानकारी गराए । राष्ट्रिय ग्रामीण पहुँच सुधार परियोजनाले पाँचवटा सडक निर्माण गरिरहेको छ । जीतपुरदेखि र·पुरसम्म १९ किलोमिटर जनता सडक पप्पु कन्स्ट्रक्सन, तिलावे–सबैठवा १४ किलोमिटर आत्माराम पथ कालोपत्र, धोरे–पकाहा–बनकटवा–सोनबर्सा २८ किलोमिटर रोशन रञ्जन जेभी, सोनबर्सा–र·पुर–महुवन–पद्मरोड १५ किलोमिटर ग्रेभल गर्ने कार्य यस आवमा सम्पन्न हुने जिविस पर्साले जनाएको छ ।

त्यसैगरी रामगढवा, जगरनाथपुर, मिलनचोक १६ किलोमिटर बाटो पनि चालू आवमा ग्रेभल हुने जिविसले जनाएको छ । सखुवा परसौनीमा रहेको गादी पुल, सिक्टा पुल, बेलवा गाविसमा रहेको ब·री खोलामा पुल निर्माण कार्य तीव्ररूपमा भइरहेको सो कार्यालयले जनाएको छ । विगत पाँच वर्षदेखि अलपत्र रहेको बेलवा गाविसको ब·री खोलाको पुल गत वर्ष नै मन्त्रिमण्डलको निर्णयबाट लगत स्टिमेट परिवर्तन गरी जिविस तथा विश्व बैंकको संयुक्त लगानीमा निर्माण भइरहेको जिविस पर्साले जनाएको छ ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button