Birgunj News

पर्साको बिरगंज मा लाखौं को संख्या मा मधेशी पहाडी बृहत सदभाव रैली

२३ असोज/बिरगंज – पर्साको बिरगंज मा लाखौं को संख्या मा मधेशी पहाडी बृहत सदभाव रैली निकाली मित्तेरी पुल नाकामा पुगेका छन । वीरगञ्जमा रहनु भएका पहाडी समुदायहरुले जारी मधेश आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् । शनिवार वीरगञ्जको घण्टाघरमा पहाडी समुदायले निकालेको वृहत रैली नाकाबन्दीमा बसेका मधेशवादी आन्दोलनकारीहरुलाई सहयोग र समर्थन गर्नका लागि लाखौंको संख्यामा जम्मा भएका स्थानीय पहाडी समुदायका अगुवाहरुले मधेश आन्दोलन प्रति ऐक्यबद्धता जनाएका हुन ।

तमलोपा का सह महामन्त्री जितेन्द« सोनल, जिल्ला अध्यक्ष पुरुषोत्तम झा,जटाशंकर गुप्ता, देवानन्दयादव, लगायत को सहभागिता रहेका थियो । एक्वद्धता जनाएको मा मानव अधिकार तथा शान्ति समाज का पर्सा जिलला अध्यक्ष प्रमानन्द चौधरी ले निरिक्षण समेत गर्नु भएको थियो ।

रामसपा का युवा लिक का राष्ट्रिय अध्यक्ष प्रदिप चौरसीया, रमेश चौधरी, पुरुषोत्तम पाण्डे, प्रमोद साह, र सदभाव रैली मा आउनु भएका हर अनुप थापा,डा. दिपक शाक्य,नरेश विक््रmम शााह,रामसपा का केन्दि«य सदस्य राजेश मान सिंह, वीरगञ्ज स्थानीय पहाडी समाजिक कार्यकर्ता दिपक शाक्यले भन्नु भयो, हामी शुरु देखि नै मधेश आन्दोलन प्रति ऐक्यबद्धता छौं, आज हामी फेरि ठुलो पहाडी समुदायको नेतृत्वम वृहत रैली निकालेर जारी आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छौं ।

आजको वृहत रैलीको प्रमुख दुई उदेश्य रहेको उनले बताए, पहिलो उदेश्य, जसरी जारी मधेश आन्दोलनलाई केवल मधेशीको आन्दोलन भनेर प्रचार भई रहेको छ, त्यो सरासर गलत छ, यो आन्दोलन मधेशमा बस्ने पहाडी समुदाय, मारवाडी समुदाय, मुस्लिम समुदाय सबैको आन्दोलन हो भनेर सन्देश दिने रहेको छ ।

अर्काे मुख्य उदेश्य भनेको, पच्छिलो समय केही तत्वहरुले बर्षाे देखि सगैं बस्दै आएका मधेशी र पहाडी समुदाय बीच फाटो ल्याएर समाजिक सद्भाव विगार्ने जुन काम भई रहेको छ, त्यसलाई परास्त गर्दै मधेशी र पहडाी समुदाय बीच अझै बलियो भाई चारा कायम रहोस भन्दै आन्दोलन प्रति ऐक्यबद्धता जनाए ।

उनले भने, हामी पहाडी समुदाय विगत लामो समय देखि आन्दोलनमा रहेका मधेशी दाजुभाइृका लागि आवश्यक खाने कुरा जम्मा पारेर आन्दोलन स्थल मितेरी पुल जांदैछौं बताउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button