Birgunj News

पक्राउ परेका विद्यार्थीहरू रिहा

वीरगंज, १० माघ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा सङ्घीय समावेशी मधेसी गठबन्धनले आह्वन गरेको बन्द, हडतालको असर आइतवार वीरगंजमा आंशिकरूपमा देखा परेको छ ।
आइतवार बिहानदेखि प्रदर्शनकारीहरूले नगरको पावरहाउस, मुर्ली, लक्ष्मनवा, घण्टाघर, माईस्थान, छपकैया लगायतका क्षेत्रमा टायर बाली विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा मोर्चाका कार्यकर्ताहरूले घण्टाघरमा दुईवटा टेम्पो तोडफोड गरेका थिए । वीरगंजको मुख्य बजार क्षेत्र मध्याह्न १२ बजेसम्म बन्द थिए ।

मोर्चाले घण्टाघरबाट मोटरसाइकल र्‍याली शुरू गरेर नगरपरिक्रमा गर्दै मितेरीपुल पुगेको थियो । र्‍यालीका सहभागीहरू खुलेको बजार बन्द गराउँदै अगाडि बढेका थिए ।

शुक्रवार र शनिवार पक्राउ परेका पाँचजना विद्यार्थीलाई आइतवार बिहान प्रहरीले रिहा गरेको छ । आन्दोलनको क्रममा पक्राउ परेका उनीहरूको रिहाइको माग गर्दै विद्यार्थीहरूले बिहानै घण्टाघरमा प्रदर्शन गरेका थिए । ती विद्यार्थीहरूले हङकङ बजारमा गएर तोडफोड गरेपछि व्यवसायीहरू विद्यार्थीहरूको प्रतिकारमा उत्रदै केही विद्यार्थीमाथि हातपातसमेत गरेका थिए ।
-Prateek Dainik-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button