दुधेश्वरनाथ महादेव मन्दिरमा साउने मेलाको तयारी तीव्र
र·पुर, १२ साउन/ सोनबर्सा गाविस–९ रामभौरीभाठाको दुग्धेश्वरनाथ महादेव मन्दिरमा साउन १५ गते शुक्रवारदेखि साउने मेला लाग्दैछ । दुग्धेश्वरनाथ महादेव मन्दिरमा प्रत्येक वर्ष साउनमा लाग्ने एकमहिने मेलाको लागि सबैखाले तयारी धुमधामले भइरहेको छ । मेला भर्न भारतसमेतबाट श्रद्धालु भक्तजन ठूलो सङ्ख्यामा आउने हुनाले उनीहरूलाई समेत ध्यानमा राखेर तयारी भइरहेको बताइएको छ ।
स्वास्थ्य शिविर, धर्मशाला र विभिन्न समुदायका मानिसहरूले मेला भर्न आउने भक्तजनका लागि निश्शुल्क भोजनादिको तयारी शुरु गरेका छन । वीरगंजबाट करिब ५५ किलोमिटर दूरीमा रहेको रामभौरीभाठामा मेला भर्न नेपाल तथा भारतबाट लाखौंको सङ्ख्यामा श्रद्धालु भक्तजन साउन १५ गतेदेखि आउँदैछन् ।
अहिले मेलाको लागि आवश्यक पसल खुल्ने क्रम शुरु भइसकेको छ । एकमहिने मेलाको लागि नेपाल र भारतका व्यापारीहरू सो स्थलमा पुगी आफ्नो कारोबारको चाँजोपाँजो मिलाउँदै छन् । भाकल पूरा भएपछि इच्छाइए अनुसार अष्टजाम, भजनकीर्तन, कथावाचनका लागि भक्तजन दुग्धेश्वरनाथ महादेवको मन्दिरमा आउने गर्दछन । बर्सेनि लाग्ने मेलामा भक्तजनको भीडलाई मध्येनजर गरी यस वर्षदेखि पूजाको विशेष व्यवस्था गरिएको छ । महादेव भगवानलाई जलदान गर्न लि·को चारैतिर पाइपले घेरिएको छ र भक्तजनले घेरिएको पाइपबाट जल चढाएपछि उक्त जल लि·मा पुग्ने व्यवस्था मिलाइएको छ । यस प्रकारको व्यवस्थाबाट जल चढाउन भक्तजनको भीड लाग्दैन र सबैले सहज, सजिलो तरिकाबाट जल चढाउन सक्छन् । यसैगरी सरकारले दुग्धेश्वरनाथ मन्दिरसम्म जानका लागि यसै वर्ष पक्की सिढीको पनि व्यस्था गरेको छ । पहाड, डाँडामा रहेको मन्दिरसम्म पुग्न कच्ची बाटो प्रयोग गर्दा वर्षायाममा तीर्थालुहरूलाई समस्या हुने गरेकोले स्थानीय प्रशासनमार्फत् पक्की सिढी बनाइएको हो ।
-प्रमोद यादव-
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस