Birgunj News

दुईजना शिक्षकको भरमा दलित विद्यालय

धर्मेन्द्र चौरसिया, पोखरिया, २५ पुस/

हरपुर गाविस–३ मा रहेको दलित मुक्ति प्रावि दुईजना शिक्ष्Fकको भरमा सञ्चालन हुँदै आएको छ ।
२०६४ सालमा स्थापना भएर २०६५ सालदेखि कक्ष्Fा सञ्चालन हुँदै आएको सो विद्यालयमा जिल्ला शिक्ष्Fा कार्यालय, पर्साले पिसिएफको एकजना र बाल विकासको एकजना गरी दुईजना आठ वर्षदेखि दरबन्दीमा काम गर्दै आएका छन् ।
गाविसको पुरानो एककोठे भवनमा बाल विकास कक्ष्Fा १ देखि ३ सम्मका विद्यार्थीलाई पठनपाठन गराउँदै आएको प्रअ ब्रह्मानन्द नेपालीले बताए ।
प्रअ नेपालीले विद्यालय भवन तथा शिक्ष्Fकहरूको दरबन्दी बढाउन जिशिका पर्साको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।
विद्यालय व्यवस्थापन समितिले २०६९ सालमा विद्यालय भवन निर्माणको लागि २ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।
जिल्ला शिक्ष्Fा कार्यालय, पर्साले भवन निर्माणको लागि केवल ३ लाख रुपियाँ पठाएको कारण भवन निर्माण कार्य अधूरो छ । अहिले पनि बाल विकास कक्ष्Fा एउटै कोठामा सञ्चालन हुन्छ । तीनवटा कक्ष्Fा एउटै कोठामा सञ्चालन गर्दा समस्या भइरहेको प्रअले बताए ।
तीनवटा कक्ष्Fामा ६२ जना विद्यार्थी छन् । दैनिक आउने विद्यार्थीको सङ्ख्या भने २५ मात्र छ । जिशिअ केदार तिवारीले विद्यालय तुरुन्त मर्ज गरिने आश्वासन दिए । उनले विद्यालयजस्तो स्वरूपमा नरहेको कारण नजिकको विद्यालयमा मर्ज गर्ने मनसाय राखेको बताए ।

 

-PrateekDaily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button