Birgunj News

तराईमा ‘मधेस सरकार’ अभियान सुरु

८ मसिर/वीरगन्ज – आन्दोलनरत मधेसी मोर्चाले मंगलबारदेखि ‘मधेस सरकार’ अभियान सुरु गरेको छ । नयाँ संविधान र संघीयताको सीमांनकनमा असन्तुष्टि जनाउँदै सय दिनदेखि आन्दोलन गरिरहेको मोर्चाले तराईमा रहेका सरकारी कार्यालयका भित्ता र बोर्डमा ‘मधेस सरकार’ लेख्ने अभियान चलाएको हो ।

मंगलबार मात्रै सिरहाको लहानका आन्तरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालय, अञ्चल यातायात कार्यालय, नापी कार्यालय, विद्युत प्राधिकरण, मालपोत कार्यालय लगायतका सरकारी कार्यालयका भित्ता र बोर्डमा मधेस सरकार लेखिएको छ । कार्यालयमा लेखिएको नेपाल सरकारलाई छोपेर उनीहरुले मधेस सरकार लेखेर समानान्तर सरकारको तयारी थालेका हुन् । सदभावना पार्टीका सह महासचिव राजकुमार गुप्ताले मोर्चाको कार्यक्रम अन्तर्गत सरकारी कार्यालयमा मधेस सरकार लेखिएको बताए । मोर्चाका कार्यकर्ताले कार्यालय बन्द भएको समयमा मधेस सरकार लेखेका हुन् । तर, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रञ्जित अधिकारीले यसबारेमा जानकारी पाउँदा मोर्चा कार्यकर्ताहरु सरकारी कार्यालयमा मधेस सरकार लेखेर गइसकेको बताए ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button