Birgunj News

डुबानले पर्साको ग्रामीण क्षेत्रका बासिन्दा घरमैं बन्धक

वीरगंज, २९ साउन – विगत चार दिनदेखि निरन्तर परेको वर्षाको कारण वीरगंज महानगरपालिका लगायत पोखरिया नगरपालिका र गाउँपालिकाहरू डुबानमा परेर जनजीवन अस्तव्यस्त भएको छ।
खासगरी हिजोदेखि पर्साको ग्रामीण क्ष्Fेत्र डुबानमा परेको र आज वीरगंज महानगरसमेत थुप्रै गाउँ डुबानमा परेर जनजीवन अस्तव्यस्त भएको हो।

डुबानको कारण मानिसहरू घरमैं थुनिएर बस्न बाध्य भएका छन्। पानीको सतह घटन नसकेकोले उद्धार कार्य पनि हुन सकेको छैन। कतिपय गाउँमा मानिसहरू हिजोदेखि स्कूल, सडकमा भोकभोकै रात बिताएका छन्।

पर्सा जिल्लाको ओरिया नदीको कारण दशौता गाविस डुबानमा परेको छ। यसैगरी भिस्वा, मुडली, लङ्गडी, धोबिनी, असवारी, गुलरिया, जयमङ्गलापुर, धोरे, हसवा, परसौनीभाठा, अमरपट्टी गाउँ डुबानमा छन्। बाढीको कारण ग्रामीण क्षेत्रको सडकहरू कटानमा परेर क्षतविक्षत भएको छ। भेडाहा, भलुवही, वनशक्ति, जमुना, चमरी, श्रीसिया, तिलावे नदीको सतहदेखि माथि पानी बढेर ग्रामीण र वीरगंज महानगरपालिका समेतलाई प्रभावित पारेको छ। वीरगंजको राधेमाई, रामगढवा, श्रीपुर, छपकैया, आदर्शनगरलगायत क्षेत्र श्रीसिया नदीबाट आएको पानीले डुबानमा छन्।

बाढीबाट प्रभावित क्षेत्रको उद्धार गर्ने ‘दैवी प्रकोप उद्धार समिति’ रहेको जिल्ला प्रशासन कार्यालय पनि अविरल वर्षाको कारण डुबानमा छ।

यसैगरी, जिल्लाका थुप्रै सरकारी कार्यालयहरू डुबानमा परेकोले सेवा प्रभावित भएको छ। जिल्ला प्रशासन, जिल्ला अदालत, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला पशु कार्यालयलगायत कार्यालयहरू डुबानमा परेकाले काम कारबाई प्रभावित भएको हो।

यस्तै, ग्रामीण क्षेत्र डुबानमा परेकोले त्यहाँबाट सेवाग्राहीहरू सदरमुकाम वीरगंजसम्म आउन नसकेको कारण खुलेका सरकारी कार्यालयहरूमा सेवाग्राही नगण्य देखिए । महानगरमा ग्रामीण क्षेत्रबाट आउने व्यक्तिहरू नआएपछि सडक सुनसान भएको छ। सर्वत्र बाढीको कारण मानिसहरू आआप्mनो सुरक्ष्Fामा लागेका छन्।

यसैबीच, पर्सा जिल्लाका सबै राजनीतिक दलहरूले आप्mना कार्यकर्ताहरूलाई उद्धार कार्यमा सक्रिय हुन आह्वान गरेको छ। नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपालगायत पार्टीहरूले कार्यकर्ताहरूलाई सुरक्षित तवरबाट उद्धार कार्यमा सक्रियता देखाउन आह्वान गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Source
प्रतीक दैनिक
Show More

Leave a Reply

Related Articles

Back to top button