ठेकेदारका कर्मचारीको कुटाइबाट चारजना घाइते
प्रस, वीरगंज, ११ माघ/
ठेकेदारले गैरकानुनीरूपमा पैसा उठाइरहेको बेला सेवाग्राहीले दिन नमानेपछि उनीहरूको कुटाइबाट चारजना घाइते भएका छन् ।
घाइते हुनेमा मिर्जापुर–१ भलुवही निवासी इन्द्रासनप्रसाद कलावार, बिदानन्द प्रसाद कलवार, रन्जय यादव, धोबिनी –४ का आमोद चौधरी रहेका छन् । उनीहरूको उपचार नारायणी उपक्ष्Fेत्रीय अस्पताल वीरगंजमा भइरहेको प्रहरीले जनाएको छ ।
यो घटना भलुवही खोला नजिक हिजो साँझ ५ बजेको हो ।
ठेकेदारका कर्मचारीहरूले उनीहरूलाई कुटपीट गरी घाइते बनाएको पीडीतहरूले जनाएका छन् । ठेकेदार विरुद्ध जिल्ला विकास समिति पर्सामा उजुरीसमेत परेको छ । सो सम्बन्धमा जिल्ला विकास समिति पर्साले ठेकेदार विरुद्ध कारबाई प्रक्रिया अगाडि बढाएको जिविस स्रोतले जनाएको छ ।
नियम अनुसार जिल्ला बिकास समितिबाट प्राप्त खोलाबाट बालुवा प्रति घनफिट रु ४ को दरले लिनुपर्नेमा ठेकेदारले बलजबरजस्ती रु ६ उठाइरहेको छ ।
सरदर प्रतिट्याक्टर रु ४ सयको सट्टा ठेक्दारले ६ सय लिने गरेकोले विरोध गर्दा कुटपिट गरेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा ना. ५.त ९२७४, ना.४.ख ९४९३ नम्बरका ट्याक्टर धनी तथा चालक रहेका छन् ।
यस विषयमा ठेकेदारका प्रतिनिधि अशोककुमार साहसँग बुझ्दा आप्mनो कर्मचारीले नभई गाउँलेहरूले कुटपिट गरेको बताए ।
-PrateekDaily-
प्रतिक्रिया लेख्नुहोस