Birgunj News

जिविसको योजना सञ्चालनबारे सर्वदलीय छलफल

वीरगंज, २९ माघ – जिल्ला विकास समिति पर्सामा सर्वदलीय राजनीतिक दलका प्रतिनिधिहरूबीच योजना सञ्चालन सम्बन्धमा छलफल भयो ।स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्ला विकास समिति पर्साको जिल्ला परिषद् फागुन मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यसैगरी जिल्लाका सबै गाविसमा फागुन ५ देखि ७ गतेभित्र गाउँ परिषद् सक्ने र फागुन १६ देखि १८ गतेसम्म इलाका योजना तर्जुमा गोष्ठी सम्पन्न गर्ने निर्णय भएको छ ।

जिल्लाका योजनाहरूलाई टेन्डर प्रक्रियाबाट कार्यान्वयन गर्ने सर्वपक्षीय अनौपचारिक सहमति भएको बैठकमा सहभागी नेपाली जनता दल पर्साका अध्यक्ष मनोज रौनियारले बताए ।

इलाकास्तरीय योजना तर्जुमा गोष्ठीको लागि जिल्ला विकास समिति पर्साका अधिकृतहरूको नेतृत्वमा विभिन्न ५ वटा टोली गठन हुने र सो टोलीले तोकिएको इलाकामा गएर गोष्ठी सम्पन्न गर्नेछ । सो इलाका गोष्ठीमा सम्बन्धित राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहने बैठकमा सहभागी एमाले पर्साका कार्यालय सचिव ग·ाबहादुर खड्काले बताए ।

बैठकमा सत्तारूढ दल, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत मधेसी दलका प्रतिनिधिहरूको समेत सहभागिता थियो। -Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button