जताततै बाढीको ध्वंस/पानी, बिजुली र सडक प्रभावित
३० साउन- पर्सा जिल्लालगायत मध्य तराईमा आएको बाढीको कारण अहिले सामान्य जीवनमा कठिनाई भइरहेको सामाचार प्राप्त भएको छ । पर्साको ग्रामीण भेगदेखि शहरसम्म अहिले पीडितहरू उद्धार तथा राहतको खोजीमा बसेको पाइएको छ । अहिले गाउँ तथा शहरको सम्बन्ध पूर्णरूपले टुटेको छ । सडक तथा सञ्चार सम्बन्ध टुटेको कारण अधिकांश गाउँको अवस्थाबारे जनकारी सम्बन्धित निकायलाई समेत नहुने गरेको देखिएको छ । गाउँमा के कति क्ष्Fति भएको छ, तथ्याङ्क सङ्कलन कार्य गर्ने निकायसमेत आप्mनो ठाउँबाट बिस्थापित भएको कारण समस्या भएको सुरक्षा निकायका प्रमुखहरूले आफैं स्वीकार गरेका छन् ।
बाढीबाट प्रभावित केही मानिस अहिले पनि सम्पर्क बाहिर रहेको हामीलाई समाचार प्राप्त भएको छ । पर्साको विकट गाविस नवगावाका बासिन्दा अहिले पनि सम्पर्क बाहिर छन् । सीमावर्ती क्षेत्रमा बग्ने ओरिया नदीमा आएको बाढीको कारण आवागमन पूर्णरूपले ठप्प भएको छ । सो गाउँ सञ्चार सम्पर्कबाट पूर्णतः विच्छेद भएको छ ।
सीमासँग जोडिएको मिर्जापुर, जयमङ्गलापुर तथा सम्भौता गाविसका जनताको अहिले के अवस्था छ भन्ने पर्साका सुरक्ष्Fा निकायसमेतलाई कुनै जानकारी छैन ।
विद्युत् सेवा अवरुद्ध हुँदा ती गाविसलगायत अन्य गाविसका जनत पनि सम्पर्क बाहिर रहेको पाइएको छ । विद्युत् सेवा ५ दिनदेखि बन्द भएको कारण मोबाइल टावरका उपकरणहरूले काम गर्न छोडेपछि अहिले सञ्चार सम्पर्क टुटेको छ ।
बाढीको कारण जिल्लाको ग्रामीण सडक तथा मुख्य सडक बगाएको कारण अहिले आवागमन पनि अवरुद्ध भएको छ । पोखरिया–भिस्वा सडकखण्डको वसन्तपुर, लङ्गडी, धोबिनी, गण्डक नहर सडकखण्डको मसिहानी, जानकीटोला र दसौता तथा ठोरी सडकखण्डको विजयबस्ती, आठघरे, ठोरी जाने जङ्गलको बाटो बगाएको कारण बाटो अवरुद्ध भएको छ । अज दिनभरिमा कुनै पनि बस गाउँबाट वीरगंज तथा वीरगजबाट गाउँसम्म सञ्चालन भएको छैन ।
बाढीको कारण किसानहरूले लगाएको धान बाली पूर्णरूपले क्षति भएको छ । खेतमा लागेको पानीको निकास नभएको कारण धान खेतमा नै सडन थालेको गाउँलेहरूले जनाएका छन् ।
अविरल परेको पानी तथा बाढीको कारण ग्रामीण भेगमा रहेका माटाका घरहरू भत्केको कारण ती घरका मानिस सडक तथा विद्यालयमा बास बस्ने गरेको पाइएको छ । दैनिक गुजारा गरी खाने विपन्न परिवार सबभन्दा बढी बाढीको चपेटामा परेको पाइएको छ ।
ओरिया, सिक्टा, तिलावेलगायत ससाना नदीमा आएको बाढीको कारण वरपर तथा सीमावर्ती क्षेत्रका बासिन्दा बढी प्रभावित भएको पाइएको छ । ऋणमा लिएर पोखरी खनाई माछापालिन गर्ने किसानको थप बिचल्ली भएको छ । बाढीको पानी ओभरप्mलो भएर पोखरीको संरचनामा नोक्सान पु¥याएको छ भने माछा बगाएर लगेको छ ।
बाढीको कारण भत्केको सडक, बिद्युत् सेवा तथा सञ्चार सेवा तत्काल सुचारु भए पनि गाउँका बासिन्दाले केही राहत महसुस गर्ने जनाएका छन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस