Birgunj News

चिसोले तीन दिनदेखि जनजीवन प्रभावित

प्रस, परवानीपुर, १७ माघ/

विगत तीन दिनदेखि अचानक बढेको चिसोले मध्य तराईको पर्सा, बारा र रौतहट जिल्लाको जनजीवनलाई प्रत्यक्ष असर पारेको छ ।
शुक्रवार बिहानदेखि मौसममा परिवर्तन भई पानी परेको थियो । त्यस दिनदेखि यस भेगको जनजीवन प्रभावित भएको हो ।
मध्यमाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित जल तथा मौसम विज्ञान हावापानी केन्द्रको तथ्याङ्क अनुसार दिन प्रतिदिन तापक्रममा गिरावट आएको बताइएको छ ।
मौसम प्राविधिक शिवनन्दन साहका अनुसार आजको बिहानको अत्यधिक तापक्रम १६ दशमलव ५ डिग्री र न्यूनतम १३ डिग्री मापन गरिएको थियो ।
तीन दिनदेखि बिहानैदेखि हुस्सु लाग्ने गरेको छ । चिसो बढेसँगै यातायातमा पनि समस्या भइरहेको यात्रुहरूले बताएका छन् ।
जिल्ला ट्राफिक कार्यालयहरूले दिनमंै बत्ती बालेर जान सवारी चालकहरूसँग आग्रह गरेका छन् ।
चिसोको कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई गुजारा टार्न समस्या भएको छ । परवानीपुरका देवनारायाण साह ठेला चलाउँछन् । तर चिसोको गर्दा काम गर्न नगएको बताए । उनले ज्यानै नरहे के कमाउने भनेर काममा नगएको बताए ।केही दिन यता मौसममा सुधार हुँदै आएको थियो ।
मौसममा भएको गडबडीको कारण चिसो बढेपछि बालबालिका तथा वृद्धवृद्धामा रुघाखोकी, ज्वरो ,निमोनियालगायत समस्या देखिन थालेकोले उनीहरूको ख्याल राख्न चिकित्सकहरूले सल्लाह दिएका छन् ।

 

-PrateekDaily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button