गुट, उपगुटको चालबाजीका कारण पराजित भएको दाबी
वीरगंज, १० फागुन – हालै सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा प्रत्याशी उम्मेदवार महम्मद सहाबुद्दीनलगायत अन्य नेताहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिमा पराजित उम्मेदवारहरूले मतदाताप्रति धन्यवाद र कृतज्ञता प्रकट गरेका थिए । मतदानमा सहयोग पुर्याउने कार्यकर्ताहरू अब एक ढिक्का भएर अगाडि बढ्न आह्वानसमेत गरेका थिए । गुट, उपगुटको राजनीति छोडी ऐक्यबद्ध भएर अगाडि बढ्न कार्यकर्ताहरूलाई आह्वान गरेका थिए ।
गुट उपगुटको रकमी चलखेल तथा धोकाधडीले आप्नो पराजय भएको बताउँदै उनीहरूले गुट, उपगुटमा नपरी सबैलाई ऐक्यबद्ध गराई लानुपर्ने बताए । अब १३ औं महाधिवेशनले गुट, उपगुटको राजनीति त्यागी एक ढिक्का भएर अगाडि बढे मात्र स्व. सुशील कोइरालाको कामना पूरा हुने उनीहरूको तर्क थियो ।
कार्यक्रममा श्याम पोखरेल, दिना गुप्ता, सन्तोष सिंह, उमेश गुप्तालगायतले धारणा व्यक्त गरेका थिए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस