एम्बुलेन्समा विरामी सेवा हाईन,डिजल सेवा
८ मसिर/वीरगन्ज – सप्तरीको कञ्चनरुप नगरपालिका ५ स्थित कञ्चनपुर बेरियरमा शनिवार राती संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कञ्चनपुरले ज.१ च. ७९० नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा विरामी नभई ५ सय डिजल फेला परेको थियो ।
तिहार तथा छठ पर्व पछाडी राजमार्ग केन्द्रित आन्दोलन सशक्त बनाउने निर्णय अनुसार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरी कञ्चनपुरले शनिवार ५ गते सप्तरीको कञ्चनरुप नगरपालिका ५ स्थित कञ्चनपुर बेरियर लोकराज मार्गमा कडाई गरेका थिए ।
सो क्रममा एम्बलेन्स चालक मजदुर संगठन नेपाल,हरिवन ११ सर्लाहीद्धारा सञ्चालित ज.१ च. ७९० नम्बरको एम्बुलेन्स कांकडभिट्ठा बाट अन्दाजी ५ सय लिटर डिजल कालोबजारी गर्ने उदेश्यले सर्लाही तर्फ जादैं गरेको आबस्थामा मोर्चाका कार्यक्रताहरुले कञ्चनपुर बेरियरमा नियन्त्रणमा लिई सो डिजल नष्ट गरि एम्बुलेन्स नियन्त्रणमा लिई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरी कञ्चनपुरले मंगलवार पत्रकार सम्मेलन गरेर ईलाका प्रशासन कार्यालय कञ्चनपुर,नेपाल रेडक्रस सोसाईटी,बुद्धिजिवी तथा सञ्चारकर्मी रोहवरमा एम्बुलेन्सका चालक निर्जल मैनाली र एम्बुलेन्स एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष ढुण्डीराज मैनाली लाई सो एम्बुलेन्सलाई सुरक्षित साथ मोर्चाले हस्तारण गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस