Birgunj News

उपमहानगरपालिकाको लागि कलैयावासीको विरोध प्रदर्शन

प्रस, परवानीपुर, ६ माघ/

कलैया नगरपालिकालाई स्थानीय तह पुनर्संरचना आयोगमार्पmत् सरकारले उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै माघ ४ गतेदेखि क्रमबद्धरूपमा आन्दोलन भइरहेको छ ।

बारा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष्F विनोद बरईको नेतृत्वमा आन्दोलनका कार्यक्रमहरू भइरहेका छन् ।
यसै सन्दर्भमा बिहीवार कलैयामा रिले अनशनको सुरुआत भएको छ ।

बिहान १० देखि ४ बजेसम्म अनिश्चितकालीन रिले अनशनमा आज पहिलो दिन बाउवासङ्घका कावा अध्यक्ष्F बरई, महासचिव जयप्रकाश तेली, सदस्य शशी केशरी, नेपाली काङ्ग्रेसका दिव्यनाथ श्रेष्ठ, एमालेका विक्रम यादव र पुरुषोत्तम साह, सङ्घीय समाजवादी फोरम नेपालका पारस साह तेली, नेपाल किसान मजदुर पार्टीका मोती यादवलगायत सहभागी थिए ।

बाराको सबैभन्दा पुरानो नगरपालिका कलैयालाई विभेद गर्दै हालै थपिएको गढीमाई नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गरी स्थानीय तह पुनर्संरचना आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदनमाथि पनि कलैयावासीको असन्तुष्टि छ । २५ वटा वडा रहेको कलैया नगरपालिकाको २१ नं. वडा उत्तरझिटकैयालाई पनि गढीमाई नगरपालिकामा गाभेर उपमहानगरपालिका बनाउने आयोगको प्रतिवेदनको कलैयावासीहरूले कडा विरोध गरेका छन् । आयोगको प्रतिवेदन र सिफारिस नसच्याइए कडा आन्दोलन र विरोध गर्ने बरईले बताए ।

आन्दोलनकै क्रममा बुधवार कलैयाको भरतचोकमा दुई घण्टा चक्काजाम गरी प्रदर्शन गरिएको थियो । चक्काजामको अवधिमा कलैया–वीरगंज सडकखण्डका कुनै पनि सवारीलाई कलैया प्रवेश गर्न दिइएको थिएन । माघ ४ गते बारा उद्योग वाणिज्य सङ्घको पहलमा ¥याली तथा विरोध प्रदर्शन भएको थियो ।

आयोगले आप्mनो प्रतिवेदनमा बारा जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र सात गाउँपालिका सिफारिस गरेको छ ।

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button