इजाजतप्राप्त हतियारले निर्वाचनमा चुनौती थप्न सक्छ –निप्रजिअ पौडेल
वीरगंज, ३१ भदौ – व्यक्तिको प्रयोगमा रहेका इजाजतप्राप्त हतियारहरू आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनौती बन्न सक्ने सम्भावना देखिएको छ ।
पर्सा जिल्लामा विभिन्न थरीका कुल ६०८ वटा इजाजतप्राप्त हतियार व्यक्तिको प्रयोगमा रहेको भएपनि अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा २१६ वटा मात्र हतियार सम्बन्धित हतियारधनीले बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पर्सामा इजाजतप्राप्त बन्दुक र पेस्तोल गरी कुल ६०८ वटा हतियार व्यक्तिको प्रयोगमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्याङ्कले देखाएको छ ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा रहेका इजाजतप्राप्त हतियार बुझाउन गत फागुनदेखि चारपटक सार्वजनिक सूचना जारी गरेको भएपनि अहिलेसम्म २१६ वटा मात्र हतियार सम्बन्धित व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा अहिलेसम्म १२ बोरको दुई नाले बन्दुक ११४ थान, १२ बोरको एक नाले बन्दुक ४६ थान, २२ टुटु राइफल १५ थान, हावादारी राइफल तीन थान, टुटु राइफल १५ थान, १२ बोरको बन्दुक २० थान, ३८ बोरको बन्दुक एक थान र माउजर एक थान सम्बन्धित व्यक्तिहरूले बुझाएको पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
जिल्लामा व्यक्तिको प्रयोगमा रहेका इजाजतप्राप्त ३९२ वटा हतियार अभैmसम्म सम्बन्धित व्यक्तिहरूले नुबझाएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले प्रहरीमा नबुझाइएका इजाजतप्राप्त हतियारहरू पनि आसन्न चुनावका लागि एउटा चुनौतीको विषय बन्न सक्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस