Birgunj News

आवश्यकता बमोजिम १९ जिल्लामा पेट्रोलियम पदार्थको बिक्री वितरण जारी छ –क्षेत्रीय प्रमुख खनाल

जीतपुर, २३ मङ्सिर – मुुुलुकभरि खपत हुने पेट्रोलियम पदार्थको ७० प्रतिशत हिस्सा नेपाल आयल निगम लिमिटेड मध्य क्षेत्रीय इन्धन डिपो अमलेखगंजले वीरगंज नाकाबाट भित्र्याउने गरेको थियो ।

भारतको रक्सौल र बरौनीबाट आयात गरी आवश्यकता तथा माग बमोजिम बिक्री वितरण गर्दै आएकोमा नाका अवरोध भएपछि ३ महिनादेखि रक्सौल–वीरगंज नाकाबाट पेट्रोलियम पदार्थ भित्रिन नपाए पनि गत आवको मौज्दातबाट धानिरहेको नेपाल आयल निगम लिमिटेड मध्य क्षेत्रीय इन्धन डिपो अमलेखगंजका क्षेत्रीय प्रमुख भानुभक्त खनालले प्रतीकलाई बताए ।

निगम मध्य क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा तथा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने नारायणी, जनकपुर र वाग्मती अञ्चलका १९ जिल्लाका जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम मानव कल्याणको लागि यात्रुवाहक सवारी साधन, खाद्यान्न ढुवानीका सवारी साधन तथा एम्बुलेन्स एवं अस्पताललाई पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ–खनालले भने । नाकाबन्दी नखुलेसम्म यो प्रक्रिया जारी रहने बताउँदै उनले गत आवको संरक्षित मौज्दातमा वृद्धि भएकोले हाललाई अति आवश्यक पेट्रोलियम पदार्थको बिक्री वितरण जारी रहने जानकारी गराए ।

क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनको सिफारिस बमोजिम इन्धन बिक्री वितरण भइरहेको र मानव कल्याणको कार्यका लागि मात्र इन्धन उपलब्ध गराएको पनि उनले प्रस्टयाए ।

कुखुराको दाना बनाउने उद्योग वा ढु·ा कुट्ने उद्योगलाई इन्धन वितरण नगरिएको क्षेत्रीय प्रमुख खनालले बताए ।

नाका बन्द यता सिफारिस तथा समन्वय बमोजिम मध्य क्षेत्र अन्तर्गत दैनिक १२ हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेल बिक्री हुँदै आएको छ । नाकाबन्दी पूर्व भने दैनिक ९ लाख ३२ हजार लिटर पेट्रोलियम पदार्थ आयात गरी सोही परिमाणमा बिक्री हुने गरेको क्षेत्रीय प्रमुख खनालले प्रतीक संवाददातालाई बताए ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button