आन्दोलन मोर्चाहरूबीच कार्यगत एकता
वीरगंज, १३ पुस – सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय मधेसी मोर्चाबीच आज कार्यगत एकता भएको छ । वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाले अहिलेको आवश्यकता कार्यगत एकता नै रहेको बताएको थियो।
पत्रकार सम्मेलनमा बोल्दै सङ्घीय मधेसी मोर्चाका संयोजक नन्दन यादवले मधेसीको माग दिलाउन सरकारसँग लामो समयदेखि फरक–फरक ढ·ले आन्दोलन गर्दै आएकोमा राज्यले परिवर्तन गरेको विचार र नीति अनुरूप आफूहरूबीच कार्यगत एकता भएको बताए । जुन मोर्चा जहाँ पनि मधेसीको लागि नै लड्ने भएकोले अब चाँडै एउटा महागठबन्धन बनाउने आवश्यकता रहेको उनले औंल्याए ।
पत्रकार सम्मेलनमा बोल्दै सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक पुरुषोत्तम झाले विगत केही दिनदेखि आन्दोलनमा रहेका अन्य मोर्चासँग पनि कार्यगत एकताको कुरा उठाएको र त्यो चाँडै सम्भव हुने बताए । केन्द्रमा एकता नभए पनि जिल्लामा आवश्यक देखिएकोले एकता गर्न खोजिएको उनले बताए ।
पत्रकार सम्मेलनमा यादवले सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय मधेसी मोर्चाबीच ६ बुँदे सहमतिसमेत भएको बताए । सहमति अनुसार कुनै पनि कार्यक्रममा एकअर्कालाई समान स्थान दिने, ब्यानरमा मोर्चाको नाम अनिवार्य उल्लेख हुनुपर्ने कार्यरत एकताका लागि आवश्यक भएको बताए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस