आन्दोलनको नाममा पत्रकार पाण्डेमाथि हातपात
९ मङ्सिर/वीरगंज – नेपाल पत्रकार महासङ्घ पर्साका सदस्य एवं वीरगंजबाट प्रकाशित उत्थान साप्ताहिकका सम्पादक सुदर्शनराज पाण्डेमाथि बुधवार वीरगंजको मीनाबजारनजिक एक समूहले अभद्र व्यवहार गरेको छ ।४/५ जनाको समूहमा रहेका युवकहरूले मधेस आन्दोनलको समाचार किन प्रकाशन नगरेको भनी हातपात गरेका पत्रकार पाण्डेले बताए ।
घण्टाघरमा नेता, पत्रकारको जमघट हुने चियापसलमा साथीभाइहरूसँग भलाकुसारी गरेर कामविशेषले मीनाबजारतर्फ लागेका पत्रकार पाण्डेमाथि हातपात भएको घटना नियोजित भएको बताइन्छ । पुरानो रिसइबी साँध्ने पक्षले आन्दोलनको नाममा हातपात गरेको पत्रकारहरूले बताएका छन् ।
जारी मधेस आन्दोलनमा मधेसी बुद्धिजीवीको तर्फबाट सक्रियरूपले लागिपरेका पत्रकार पाण्डेमाथि नियोजित आक्रमण गरिएको आशड्ढा रहेकोले आन्दोलनरत पक्षले यसको गहन छानबिन गरी तत्थ्य बाहिर ल्याउनुपर्ने वीरगंजका सञ्चारकर्मीहरूको भनाइ छ ।
यस सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा जनपरिचालन समितिका संयोजक प्रदीप यादवले पनि मोर्चाका कार्यकर्ताबाट पत्रकार पाण्डेमाथि दुव्र्यवहारको घटना नभएको स्पष्ट पारेका छन् । उनले आन्दोलनको नाममा रोटी सेक्नेहरूले आफ्नो इबी साँधेको र आन्दोलनलाई बदनाम गराउन खोजेको प्रतिक्रिया दिएका छन्।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस