Birgunj News

आन्दोलनकारी र तस्करबीच पुन: झडप

वीरगंज, १६ पुस – मितेरीपुलमा धर्नामा बसेका आन्दोलनकारी र तस्करबीच गएराति पुन: झडप भएको छ । झडपमा परी मोर्चातर्फ ५ जना र तस्करतर्फ ३ जना घाइते भएका छन् ।मोर्चाका कार्यकर्ताहरू नाउक्षेमा उपचारपछि घर फर्किएका छन् । बारा सिसहनियाका बृजकिशबोर पटेलको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घाइते हुनेहरूमा अमर यादव, जयप्रकाश साहलगायत रहेका गठबन्धनका नेता शिव पटेलले जानकारी गराए । राति ८ बजे ८/१० वटा मोटरसाइकलमा अवैध कपडालगायत अन्य सामान भित्र्याउने क्रममा आन्दोलनकारी र तस्करबीच झडप भएको थियो । अहिरवाटोला तथा पशुपतिनगरबाट आएका तस्करहरूभन्दा धर्नामा बसेका आन्दोलनकारीहरूको सङ्ख्या बढी भएको कारण तस्करहरूले कुटाइ खाएका थिए । अन्य दिनको तुलनामा गएराति पर्सा र बाराका विभिन्न गाउँबाट टयाक्टरमा आएका मोर्चाका कार्यकर्ताहरू धर्नामा बसेका मोर्चाका नेता प्रदीप यादवले बताए ।

एक घण्टासम्म जारी झडपको क्रममा नेपालतर्फको सशस्त्र र जनपद प्रहरी तथा भारतीय एसएसबी मूकदर्शक बनेको थियो ।
सिटीराइड सञ्चालक र आन्दोलनकारीबीच झडप सङ्घीय समावेशी मधेसी गठबन्धन तथा सिटीराइड बस व्यवसायीबीच घण्टाघरमा बिहीवार बिहान झडप भएको छ ।

जारी बन्दको अवहेलना गर्दै वीरगंज–पथलैया चल्ने सिटीराइड बसले घण्टाघरबाट यात्रु ओसारपसार गरिरहेको सूचना पाएपछि सो रोक्न आएका गठबन्धनका कार्यकर्ताहरूसँग झडप भएको थियो । सिटीराइडका चालकहरू गाडी लिएर भागेका थिए भने सञ्चालकहरू गठबन्धनविरुद्ध लाठीफाटा लिएर सडकमा उत्रिएपछि दुवैतर्फबाट हानाहान भएको थियो । दुवैतर्फ कुनै क्षति नभए पनि एक घण्टासम्म घण्टाघर तनावग्रस्त रहेको थियो । गठबन्धनका नेता शिव पटेलले दुवैतर्फका व्यक्तिलाई सामान्य चोटपटक लागेको बताए ।

बन्दको क्रममा यात्रु ओसारपसार गरेपछि गठबन्धनले गाडीहरूलाई लखेट्न खोज्दा सञ्चालकहरू प्रतिकारमा उत्रिएका हुन् ।
सङ्घीय समावेशी मधेसी गठबन्धनद्वारा धर्ना

प्रस, वीरगंज, १६ पुस/
सङ्घीय समावेशी मधेसी गठबन्धनको अगुवाइमा आज माईस्थानमा दुई घण्टा धर्ना दिइएको थियो ।

गठबन्धनका नेता, कार्यकर्ताहरूले माईस्थानदेखि आदर्शनगर जाने मुख्य सडकमा धर्ना दिई पूर्णरूपले आवागमन ठप्प पारेका थिए । बिहान गठबन्धनले गरेको धर्नाको कारण विद्यालय जाने विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएका अभिभावकहरूले जानकारी गराएका छन् । विद्यालयका बसहरू सञ्चालनमा नरहेको अवस्थामा अभिभावकहरूले मोटरसाइकललगायत अन्य साधनमा विद्यार्थीहरूलाई लगिरहेकामा धर्नाको कारण कठिनाइ भएको थियो ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button