Birgunj News

अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रस, वीरगंज, २३ पुस/

वीरगंज युनाइटेडको आयोजनामा शुक्रवारबाट सञ्चालित अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले प्रतियोगिताको समापन गरेका थिए ।

सो अवसरमा उनले पर्सा जिल्लामा खेलकुदका गतिविधि बढाउनुपर्ने सुझाव दिए । विद्यालयस्तरबाट खेलकुदका गतिविधिहरू आयोजन हुनुपर्नेमा सो हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे ।

आज सम्पन्न प्रतियोगिताको फाइनलमा छात्रतर्पm एकलमा डिपिएसका कौशिकराज गिरी विजय भए । उनले गौतम माविका आदर्श यादवलाई पराजित गरेका थिए ।

छात्रातर्पm मास्कोट एकेडेमीकी स्मृति राईले कञ्चनजङ्घा माविकी सोनी मोक्तानलाई पराजित गरेकी थिइन् ।
छात्र जोडीतर्पm गौतम माविका समीर पाण्डे र आदर्श यादवले डिपिएसका कौशिकराज गिरी र सन्देश यादवलाई पराजित गरेका थिए ।

त्यस्तै, छात्रा जोडीमा मास्कोट एकेडेमीका शान्ति गुरुङ र मुस्कान शिखाले ज्ञानवाटिकाका दीक्ष्Fा झा र काजोल उरावलाई पराजित गरेका थिए ।

शिक्षकतर्पm डिपिएसका प्रेमबाबू महतोले गौतम माविका रिचर्डलाई पराजित गरे भने डिपिएसकी मञ्जु शाक्यले मूनलाइट माविकी शालु खड्कालाई पराजित गरेकी थिइन् ।

प्रतियोगितामा राइज प्लेयर्सको उपाधि गौतम माविका समीर पाण्डेले पाए भने ‘म्यान अफ द म्याच’ मास्कोटकी स्मृति राई र ‘म्यान अफ द सिरिज’ डिपिएसका कौशिकराज गिरी घोषित भए ।

प्रतियोगिताका विजेता, उपविजेतालाई अध्यक्ष्F बन्जाराले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा ३१ वर्षदेखि निरन्तर ब्याडमिन्टन खेल्दै आएका ध्रुव सिंह ठकुरीलाई २०७३ सालको उत्कृष्ट खेलाडीबाट सम्मान गर्दै अध्यक्ष बन्जाराले दोसल्ला ओढाएका थिए ।

वीरगंज युनाइटेडका उपाध्यक्ष्F सुमीत सिंह भण्डारीको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्याक्ष्F ध्रुव साह, जिल्ला खेलकुद विकास समिति पर्साका निमित्त अध्यक्ष्F निशान्त लामिछाने, ब्याडमिन्टन एसोसिएसन पर्साका अध्यक्ष नरेश कायस्थलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

-Prateek daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button