अधिकारको निमित्त एकजुट होऔं –महासचिव सोनल
वीरगंज, १० माघ – मधेसको हकअधिकारको लागि फरकफरक ढ·ले लड्नुभन्दा एकजुट भएर अगाडि बढनुपर्नेमा तमलोपाका महासचिव जीतेन्द्र सोनलले जोड दिएका छन् ।स्व. गजेन्द्रनारायण सिंहको १५औं पुण्यतिथिको अवसरमा नेपाल सद्भावना पार्टीद्वारा आयोजित ‘मधेस आन्दोलन तथा गजेन्द्रपथ’ विषयक विचारगोष्ठीमा बोल्दै सोनलले मधेसी दलहरू एउटै मुद्दामा पनि फरकफरक ढ·ले लड्दै आइरहेका कारण हकअधिकार नपाएको बताए ।
मधेसका सबै शक्ति एकजुट भएर महागठबन्धन वा महामोर्चा बनाएर अगाडि बढ्नुपर्नेबारे व्यापक छलफल भइरहेको भन्दै महासचिव सोनलले आफ्नो भाषा, भूगोल, संस्कृति तथा आफ्नो मूल्य मान्यता रहेकाले मधेसको छुट्टै अस्तित्व रहेको बताए ।
मधेसका राजनीतिक शक्तिहरूको विचार फरकफरक भएपनि हकअधिकारको लागि एकीकृत शक्ति निर्माण गर्नु अपरिहार्य भइसकेको नेता सोनलले दोहोर्याए ।
“स्व. गजेन्द्रनारायण सिंहले मधेसको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गरेका थिए । तर आज उनकै विचारको आधारमा फरकफरक तरिकाले मधेसलाई विश्लेषण गर्नेहरू छन् र फरकफरक ढ·ले लडाइँ लडिरहेका छन् । अहिले एउटै कुरालाई फरकफरक बुझाइको कारण केही समस्या आएको छ,” सोनलको कथन थियो ।
उनले अगाडि भने– “मधेस के हो भन्ने विषयमा मधेसभित्र नै अहिले छलफल शुरू भएको छ । मधेसमा आन्तरिक उपनिवेश समाप्ति र स्वराज स्थापनाको लागि आन्दोलन हुँदै आएको छ । तर सबैको मुख्य उद्देश्य मधेसको मुक्ति नै हो ।”
मधेसको मुक्तिको लागि स्व. सिंहले अपनाएका बाटो र विचार लिएर अगाडि नबढेसम्म मधेसको मुक्ति नहुने सोनलको दाबी थियो ।
कार्यक्रममा वक्ताहरूले मधेस र मधेसीको नाममा खुलेका पार्टीहरू विभिन्न लोभलालचमा परी पटकपटक फुटेर चकनाचुर भएकोमा दु:खेसो पोखे ।
नेपाल सद्भावना पार्टी पर्साका अध्यक्ष मनोज कर्णको सभापतित्वमा भएको कार्यक्रममा सो पार्टीका महासचिव शिव पटेल, तमसपाका सहउपाध्यक्ष रामचन्द्र कुशवाहा, नेकपा (माओवादी)का सहअध्यक्ष गोपाल ठाकुर, पूर्वसभासद् आत्माराम साह, सद्भावनाका केन्द्रीय सदस्य नेता निजामुद्दीन समानी, नेपाल पत्रकार महासङ्घका मध्यमाञ्चल संयोजक शीतल महतो, अधिवक्ता सुरेन्द्र कुर्मी, पुष्पा पाण्डे, प्रेमबाबू पटेल, प्रदीप केडिया, सुरेश कुशवाहा, अनिल गुप्ता, ईश्वर यादव, सुजित त्रिपाठी, धर्मेन्द्र पटेल, अनिरुद्ध सिंह, जादोलाल साह, राजेश पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेसपा पर्साका सचिव कृष्ण पटेलले गरेका थिए ।
-Prateek Dainik-
प्रतिक्रिया लेख्नुहोस