कालिकामाईमा त्रिपक्षीय भिडन्तको सम्भावना
धर्मेन्द्र चौरसिया, पोखरिया, २७ वैशाख/ पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा यसपालिको स्थानीय तह निर्वाचनमा त्रिपक्षीय भिडन्तको सम्भावना छ ।
गापा अध्यक्ष नथुनी कुशवाहाको मृत्यु भएपछि निमित्त गापा अध्यक्ष भएका राजेश चौरसिया अहिले एमालेबाट गापा अध्यक्ष पदमा चुनावी मैदानमा छन् । उनी तत्कालीन राजपा र हालको लोसपाबाट उपाध्यक्षमा विजयी भएका थिए । एमालेबाट उपाध्यक्ष पदमा अंशुआनन्द तिवारी चुनावी मैदानमा छन् । तिवारी वडाध्यक्ष पवन तिवारीकी पत्नी हुन् ।
यसैगरी, नेपाली काङ्ग्रेसबाट अजय पटेल अध्यक्षमा र राजपति देवी उपाध्यक्षमा चुनाव लड्दैछन् । नेपाल सुशासन पार्टीबाट दीपु तिवारी अध्यक्षमा र नीतु कुशवाहा उपाध्यक्षमा तथा जसपाबाट वशिष्ट कलवार अध्यक्षमा र सहानी खातुन उपाध्यक्षमा चुनाव लडिरहेका छन् ।
वडाध्यक्षहरूमा पूर्ववडाध्यक्ष शिवनाथ पटेलको निधन भएको छ भने गत स्थानीय चुनावमा विजयी भएका सोनालाल चौरसिया, सञ्जय पटेल, हरिओम कलवार चुनावी मैदानमा छन् । वडाध्यक्षमा विजयी पवन तिवारी यसपटक चुनाव लडेका छैनन् ।
नेकाबाट वडाध्यक्षमा प्रभु साह पटेल, रामराज चौरसिया, रामाशिष चौरसिया, सञ्जय साह गोढ, माधव चौहान चुनाव लडिरहेका छन् । एमालेबाट मोतीलाल पटेल, सोनालाल चौरसिया, राजेश पटेल, जीतेन्द्र कलवार, हनिफ मियाँ र जसपाबाट लालबाबू चौरसिया, ताजिन्द्र साह कलवार, सञ्जय पटेल, हरिओम कलवार र जयराम पटेल चुनावी मैदानमा छन् । नेपाल सुशासन पार्टीबाट टङ्कबहादुर कुशवाहा, दिनेश पटेल र शिव महतो चुनावी मैदानमा छन् ।
प्रतिक्रिया लेख्नुहोस