Bara News
सिङ र टाउको बेपत्ता, १ क्विन्टलको हरिणको शरीर मात्रै फेला
प्रस, निजगढ, बारा, २१ पुस/
भलुवाहीखोर निजी वनमा घाँटी काटी हत्या गरिएको हरिण बिहीवार बिहान फेला परेको छ ।
स्थानीय व्यक्तिको निजी वनमा हरिण मृत अवस्थामा भेटिएको सेक्टर वन कार्यालय निजगढका सहायक वन अधिकृत देवेन्द्र महतोले बताए । हरिणको घाँटी रेटी सिङ–टाउको नभएको अवस्थामा फेला परेको झुरझुर प्रहरी चौंकीका इन्र्चाज रामबाबू महतोले भने । मृत हरिण भएको स्थानबाट दुई थान खुकुरी फेला परेको उनले जानकारी दिए ।
झुरझुर प्रहरी चौंकीदेखि दक्षिण—पश्चिम ५ सय मिटर पर र इलाका वन कार्यालय कोल्भीदेखि बढीमा ८ सय मिटर पर जङ्गली हरिण मारिएको हो । स्थानीयले सिङ चोर्ने गिरोह सक्रिय भएको हुन सक्ने अडकल काटेका छन् भने मासुको लागि हरिण मारेको हुन सक्ने प्रहरीको अनुमान छ । सो घटनामा संलग्नको खोजी जारी राख्ने प्रहरी र जिल्ला वन कार्यालयले जनाएको छ ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस