शिवशङ्कर मिश्रा, कलैया, बारा, २१ पुस/
चन्दननाथ गण कलैयाले बिहीवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बंजरिया–९ सुराही टोलमा आयोजित स्वास्थ्य शिविरमा हाडजोर्नी, प्रसूति सम्बन्धी, बालरोग, प्रेसर र सुगरका बिरामी लाभान्वित भएका थिए भने ज्वरो,रुघाखोकी, पेट दुख्ने, निमोनिया लगायतका बढी बिरामी भेटिएका चिकित्सक प्राविधिक सहसेनानी डा.चिरन भक्त बिष्टले बताए ।
शिविरमा एक सय १० महिला र एक सय ६ पुरुषगरी जम्मा दुई सय १६ जनाले विभिन्न रोगको जाँच गराई निश्शुल्क औषधिसमेत लिएर गएको गणपति प्रमुख सेनानी सन्तोष कार्कीले जानकारी दिए । शिविरमा १० जनाको प्राविधिक टोलीले सहयोग गरेको थियो ।
शिविरमा प्रायः असहाय, गरिब, वृद्ध र स्थानीय बच्चाहरूको भीड रहेको तथा शिविर सञ्चालनका लागि ७५ प्रतिशत औषधि गणको भए पनि थोरै मात्रामा जिल्ला अस्पताल कलैया र नेपाल फर्मास्युटिक प्रा.लि.ले दिएको सेनानी वेदप्रसाद पौडेलले बताए ।
गणले साताव्यापी सरसफाइ अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस