Bara News

मधेश आन्दोलनका क्रममा बाराको कलैयामा शहिद परिवारलाई आर्थिक सहयोग

२२ असोज/कलैया – जारी मधेश आन्दोलनका क्रममा बाराको कलैयामा एक जना शहिदका परिवारजनलाई फलफूल तथा आर्थिक सहयोग आज उपलब्ध गराइएको छ ।

स्वतन्त्र मानव अधिकार समाज वीरगंजको पहलमा तथा बरिष्ठ समाजसेवी मुकेश सरावगीको नेतृत्वमा उद्योगी व्यवसायी र नागरिक समाजका प्रतिनिधीहरु सम्मिलित टोलीले कलैया स्थित निजकै घरमा पुगेर शहिद परिवारलाई १५ हजार नगद आर्थिक सहयोग र फलफूल प्रदान गरेको हो ।

उक्त सहयोग रकम वीरगंजका विभिन्न उद्योगी व्यवसायि र नागरिक अगुवाबाट संकलन गरिएको स्वतन्त्र मानवअधिकार समाजका सभापति कृष्ण कुमार खनालले बताउनु भयो । बारा कलैयाका हिफाजत मियाको श्रमती सविना खातुन र आमा विगन खातुनलाई उक्त रकम प्रदान गरिएको हो ।

सो अवसरमा समाजसेवी मुकेश सरावगी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् मध्यमाञ्चल संयोजक शितल महतो, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेल,अधिवक्ता एंव मधेश क्रान्ति चिन्तन प्रतिठानका अध्यक्ष सुरेन्द्र प्रसाद कुर्मी,स्वतन्त्र मानवअधिकार समाजका केन्द्रिय सभापति कृष्ण कुमार खनाल, उप सभापति रमेश कुमार शर्मा,सचिव नन्दी किशोर यादव, केन्द्रिय सदस्यहरु लालबाबु सिंह,अंकित जालान, दिपक साह कानु,सल्लाहकार प्रकाश कुमार गुप्ता,तमलोपाका केन्द्रिय सदस्य परमहंस केसरी,चर्चित महिला नेतृ पिंकी यादव,जिल्ला सदस्य रामबाबु यादव,महिला नेतृ उमरावती साह, स्थानिय बुद्धिजीवी मालिक मिया अंसारी, हेतायत मिया, लगायतकाले मृतक प्रति श्रद्धाञ्जली तथा सोक सन्तप्त परिवारलाई शान्तोना प्रदान गर्दै नगद र फलफूल प्रदान गरेका हुन् ।

कार्यक्रममा सहिद परिवारलाई मुकेश सरावगी, आदित्य सर्राफ, ओम प्रकाश सिकारिया, रमेश गाडिया, जयप्रकाश साह, प्रहलाद टेमानी, दिपक साह कानु, अनिल तुल्स्यान, मधु सुनथलिया, कैलाश मुरारका, सुशिल धुर्का,शिव गोयल,अंकित जलान, लगायतका व्यवसायिहरुले १ लाख २०हजार संकलन गरी वारा, पर्साका सहित परिवारलाई वितरण गर्ने निर्णय अनुसार यसको सहजिकरण स्वतन्त्र मानव अधिकार समाजले मिलाएको हो ।

सो क्रममा गए दिन मात्रै विरगज १९ नगवाका शहिद सोहन प्रसाद गुप्ता, नौतन बहुअरी वारा प्रसौनीका दिनानाथ साह, भोला साह, पर्सा भवानीपुरका धर्मराज सिंह राजपुत, मनियारीका दिलिप चौरसिया, पकहा मैनपुरका शत्रुधन पटेल, पोखरीयाका चन्दन पटेलका परिवारलाई नगद सहित फलफुल प्रदान गरिसकिएको समाजका सभापति खनालले बताउनु भयो ।

-Krishna Khanal-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button