Bara News

भोजभगत भत्कने भएपछि गाविसबाट १९ लाखको बजेट

प्रस, परवानीपुर, ८ माघ/

मध्यमाञ्चल क्ष्Fेत्रीय सडक कार्यालय हेटौंडाले त्रिभुवन राजपथलाई फराकिलो पार्ने अभियान चलाइरहेको छ ।
हेटौंडा–गण्डक–भन्सार सडकखण्डको अतिक्रमित जग्गालाई खाली गराउने अभियान अन्तर्गत हेटौंडामा डोजर तथा वीरगंजमा सडकको दायाँबायाँ नापनक्साको काम शुरू भएको छ ।
यसैलाई मध्यनजर राख्दै बाराको लिपनीमाल गाविस परवानीपुरमा राजमार्गसँगै रहेको भोजभगत उमाविबारेमा अभिभावकहरूले छलफल चलाएका छन् । अभियानले तीव्रता पाएर विद्यालय भत्काउनुप¥यो भने के गर्ने भन्ने विषयमा स्थानीय अभिभावकहरूले अहिलेदेखि नै विकल्पको रूपमा योजना बनाउन थालेका छन् ।
लिपनीमाल गाविसको एक साताअघि सम्पन्न आव २०७४/०७५ को लिपनीमालको गाउँपरिषद्मा गाविसले चालू आव २०७३/०७४ बाट १९ लाख र आगामी आव २०७४/०७५ बाट पुनः १८ लाखको भवन तथा पर्खाल लगाउन बजेट पारित गरेको छ ।
चुरे भावर पार्टीका प्रतिनिधि अनवर हवारीका अनुसार राजमार्ग विस्तार तथा फराकिलो पारियो भने विद्यालयमा पढ्ने दुई हजार विद्यार्थीको भविष्य अन्योलमा नपरोस् भन्ने उद्देश्यले अगाडि नै विद्यालय निर्माणको लागि बजेट विनियोजन गरिएको बताए ।
विनियोजित बजेटबाट परवानीपुरको अन्नपूर्ण भेजिटेबल्स प्रालिको पूर्वमा निर्माण भएको विज्ञान भवनमा कक्षाकोठा निर्माण हुने गाविस सचिव ललनराम नेपालीले बताए ।
विद्यालय राजमार्गकै पूर्व छेउमैं अवस्थित रहेकोले शिक्षालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको उनले बताए । त्यसैगरी, आगामी आवको बजेटबाट नेराप्रावि चैनपुरको लागि ९ लाख र लिपनीमालस्थित मदर्साको लागि ४ लाख रुपैयाँ भवन निर्माणको लागि बजेट विनियोजन गरिएको छ ।
गाउँपरिषद्ले चालू आवको लागि १ करोड १२ लाख ८७ हजार तथा आगामी आवको लागि १ करोड २१ लाखको बजेट पारित गरेको छ ।
गाविसको अन्तरिक स्रोतबाट चालू आवमा पोखरी र हाटबजार ठेक्काबाट २२ लाख ५० हजार, मालपोत सिफारिसबाट २ लाख, घरभाडाबाट ५ हजार, व्यवसाय, होर्डिङ बोर्ड तथा अन्यबाट १ लाख ७४ हजार गरी २७ लाख २४ हजार अFम्दानी हुनेछ ।
यसैगरी आगामी वर्षमा आन्तरिक स्रोतबाट पोखरीको आम्दानीबाहेक करिब १७ लाख २६ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

 

-PrateekDaily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button