११ असोज, बारा । कलैया उपमहानगरपालिकाको मतगणना सकिएसँगै बारा जिल्लाका सबै १६ स्थानीय तहको मतगणना सकिएको छ ।
कलैयामा जित हात पारेसँगै नेपाली कांग्रेसले जम्मा ६ स्थानीय तह जितेर जिल्लाकै ठूलो दल बनेको छ ।
निजगढमा माओवादी केन्ऽसँग गठबन्धन गरेर जित हात पारेको कांग्रेसले अन्य स्थानमा एक्लै चुनाव लडेर विजयी भएको हो ।
कांग्रेसले कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकामा जितेको छ ।
जिल्लामा चार स्थानीय तह जित्दै संघीय समाजवादी फोरम दोस्रो दल बनेको छ । पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकामा फोरमले जित हात पारेको हो ।
यस्तै राष्ट्रिय जनता पार्टीले तीन स्थानमा जित हासिल गर्दै तेस्रो दल बनेको छ । राजपाले प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका र देवताल गाउँपालिकामा विजय प्राप्त गरेको छ ।
एमालेले भने जितपुर सिमरा उपमहानगरपालिका र कोल्हवी गाउँपालिका गरी दुई वटा स्थानीय तह मात्रै जितेको छ ।
लोकतान्त्रिक फोरमले भने एक मात्र बिश्रामपुर गाउँपालिकामा जितेको छ । नेकपा माओवादी केन्ऽको नजिता बारामा शून्य देखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस