पर्वमा हडताल खुकुलो, चल्न थाले हलुका सावारी साधनहरू
२४ कात्तिक/परवानीपुर – ८९ दिनदेखि मधेस आन्दोलन जारीे छ । तर विगत दुईतिन दिनदेखि हडताल आंशिकरूपमा केही खुकुलो पारिएको देखिएको छ ।
आन्दोलनकारीद्वारा चोकचोकमा हुने चेकजाँच चाडपर्वलाई मध्य नजर गर्दै खुकुलो पारिएको छ । जसले गर्दा वीरगंज आसपासको जनजीवन केही सामान्य भएको महसुस भएको छ । आज राति ७ बजेदेखि पर्साको स्थानीय प्रशासनले हाललाई कफ्र्यू हटाएको जानकारी गराएको छ ।
वीरगंज बजार आजभोलि लामो बन्दीपछि गुलजार भएको छ । बजारमा सर्वसाधारणको किनमेल गर्ने चहलपहल बढेको छ भने सडकमा हलुका सवारी साधनहरू चल्न शुरु भएको छ । वीरगंज पथलैया सडकखण्डमा साइकल, मोटरसाइकल, इ–रिक्सा, रिक्सा, टाँगा, टेम्पो, टयाक्टरलगायत सवारी साधनहरू न्यून सङ्ख्यामा चलेको देख्न सकिन्छ । यसले आम उपभोक्ता बजारमा हिडडुल गर्ने स्थिति पैदा हुँदै गएको छ । तर बजारमा सृजना भएको महँगी र मनपरी भाडाले यात्रु तथा उपभोक्ताहरू ठगिइरहेको पाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस