कलैयामा पनि एक जना प्रदर्शनकारीको मृत्यु
बाराको कलैयामा प्रहरीको गोलीबाट एकजना प्रदर्शकारीको मृत्यु भएको छ । स्थानीय प्रशासनले लगाएको कर्फ्यू अवज्ञा गर्दै विहानैदेखि प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच भएको झडप उग्र हुँदै गएपछि प्रहरीले चलाएको गोली लागेर कलैया– १० का २१ वर्षीय हिफाजत अन्सारीको मृत्यु भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराको प्रवक्ता अरुण कुमार सिंहले बताए ।
अहिले प्रर्दशनकारीहरुले भरतचोकमा शवसहित प्रदर्शन गर्दैै छन् । त्यस्तै झडपमा परेर बाराकै छोड्की फुलवरीयाका २५ वर्षका सुरेश यादव गम्भीर घाईते भएका छन् । उनको कन्चटमा गोलीको छर्रा लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज ल्याईएको छ । भरतचोकमा अन्य ५ जना छर्रा लागेर सामान्य घाईते छन् ।
यसअघि ठाँउ ठाउमा भएको झडपमा परी सामान्य घाइते कम्तीमा २० जनाको उपचार कलैया अस्पतालमै भैरहेको छ । यसअघि वीरगञ्जमै आज एकजना र हिजो १४ भदौमा अर्का एकजना आन्दोलनकारीको मृत्यु भएको थियो ।
सुरेश विडारी, वीरगञ्ज
-Himalkhabar-
प्रतिक्रिया लेख्नुहोस