Nepali
केकीको हातबाट अनाथगृहलाई सहयोग
सिर्जनशील बालआश्रमलाई अमेरिका निवासी समाजसेवी मौसमी श्रेष्ठले सहयोग गरेकी छन् । श्रेष्ठद्वारा प्रदान गरिएको ७५ हजार रुपैयाँ मंगलबार न्यानोपन नामक संस्थाले अभिनेत्री केकी अधिकारीको हातबाट आश्रमकी अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गरायो।
केकीलाई न्यानोपन संस्थाका अध्यक्ष अभिनेता तथा विमानचालक विजय लामा र बालकल्याण समितिका सदस्य ज्ञानबहादुर लामाले पनि हस्तान्तरणमा साथ दिए ।
कार्यक्रममा अभिनेता लामाले यस किसिमका सहयोगलाई न्यानोपनले पनि अगाडि बढाउने बताए । अर्जुनबहादुर तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लक्ष्मी योञ्जन, सुलोचना थिङ, रोजिना लामा, तोर्ची लामा, सबिन घिसिङ, सुवास तामाङलगायतले बोलेका थिए । २०६५ सालमा स्थापित आश्रमले २० अनाथ बालबालिकालाई हुर्काइरहेको छ ।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस