इको भिडियोमा भोट गर्न मिस अर्थ प्रतिस्पर्धी दिव्यताको आग्रह
काठमाडौं –मिस अर्थ आयोजकले विभिन्न विधामा उत्कृष्ट प्रतियोगिहरुको नाम सार्वजनिक गरेको छ। नेपालको प्रतिनिधित्व गरेकी मिस अर्थ नेपालको दिव्यता वैद्य सबै विधामा सहभागि भएकी थिइन्।
मिस अर्थले फोटोजेनिक, स्वीमसुट, मिस फेन्डसिप, राष्ट्र्रिय भेषभुषा,ककटेल वेर्य, च्यारिटी गिभर्स, स्पोट्र्स,ट्यालेन्ट, इभिनिङ गाउन, वृक्षारोपण, डार्लिङ अफ द प्रेस, स्नोम्यान बिल्डिङ, स्पेशल एक्टिभिटी अन्तर्गत मोस्ट चियरफूलको उत्कृष्ट तीन प्रतियोगिको नाम सार्वजनिक गरेको हो।
त्यस्तै मिडल ट्यालीमा पानामा, ग्वाटेमाला, मंगोलिया, युक्रेन, अष्ट्रिया, नेदरल्यान्ड र साउथ अफ्रिका उत्कृष्ट पाँचमा परेका छन्। मिस अर्थको फाइनल शनिबार अष्ट्रियामा हुँदैछ।
मिस अर्थको उत्कृष्ट विधा मानिने इको ब्युटीको नतिजा भने फाइनलमा सार्वजनिक हुनेछ। त्यस्तै मिस नेपाल अर्थले ईको ब्युटीअन्तर्गत चार मिनेट ४५ सेकेण्डको भिडियोमा नेपाली जनजीवनलाई समेटेकी छिन्।
इको भिडियोमा भोट गर्न समेत उनले सबैलाई आग्रह गरेकी छिन्। मिस अर्थमा उनीसहित ९० जनाले सहभागिता जनाएका छन्। मिस अर्थको यो १५औँ संस्करण हो।
नेपालबाहेक हंगेरी, अमेरिका, श्रीलंका, रसिया, इटाली, घाना, नर्वे, पोल्यान्ड, टर्की, ब्राजिल, स्पेन, पेरु, डेनमार्क, जापान, क्यानेडा, चीन र फ्रान्स लगायत ९० भन्दा बढी राष्ट्रको प्रतिनिधिले सहभागिता जनाएका छन्।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस