National News

संविधान आएको खुसियालीमा दुई दिन लोडसेडिङ नगरिने

४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ नेपाली जनतासमक्ष जारी भएकोमा मुलुकमा खुसियाली छाएको छ ।
मुलुकभर दिपावलीसँगै एक अर्कामा बधाई र खुसियाली साटासाट गरिएको छ ।

यसै मेसोमा संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भएको छ ।

संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button